By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
15 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
15 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
16 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
17 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
20 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
17 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
21 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: आगोको भुङ्ग्रोेमाथिको अनौठो नाच
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > समाज > आगोको भुङ्ग्रोेमाथिको अनौठो नाच
समाज

आगोको भुङ्ग्रोेमाथिको अनौठो नाच

साझासवाल
Last updated: May 17, 2023 11:35 am
साझासवाल
10 Min Read
Share

जेठ ३, भक्तपुर | –रमेश गिरी | मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो । मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरुसमेत आगोको भुङ्ग्रोेमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै भेला भएका थिए ।

साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भीड बढ्दै थियो । चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलको बस्नेत–गिरी बस्तीका पहलमान बस्नेतकोे घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको एक सय आठ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किँदै थियो । केही व्यक्तिहरु बाँसले ठोस्दै दनदनी आगो बालिरहेका थिए । राति ९ बजेदेखि तीनवटा रूखबाट काटिएको दाउरा दनदनी बल्दै थियो ।

दुई घन्टाभन्दा बढी समय बलेको दाउरा सबै आगोका भुङ्ग्रोेमा परिणत भयो । मध्यराति करिब ११ बजे यो बस्तीसँगै वरिपरिबाट भेला भएका मानिस बारीको डिल र वरिपरि बसेर निकै कौतुहलताका साथ ‘अग्निकुण्ड’तर्फ हेर्दै अब के हुन्छ, आगोको सबै भुङ्ग्रोे माथि उफ्रेर सबै आगोको गोल निभाउँछन् कि निभाउँदैनन्  भनेर हेर्दै थिए ।

आगोको भुङ्ग्रो नजिकै गुरु रुदबहादुर खड्काले तान्त्रिक विधिअनुसार पूजा गरेपछि कुल देवताका नाममा बोकाको बलि दिइयो । त्यसपछि पहलमानको मूल घरमा भित्रिएका सेतो गन्जी र धोती लगाएका पुरुषहरुले पूजा गरेर बत्ती खाएसँगै शरीर कमाउँदै स्नान गरेर फर्किएसँगै काम्दै उपँ्रmदै थुपारिएको आगोको भुङ्ग्रोमाथि तीनपटक घुमेपछि गुरुको आदेश पाउने बित्तिकै आगोमाथि दौडिन थाले ।

केहीबेरमा मूलको घरको पूजाकोठाभित्र गुरुदेखि विभिन्न देवदेवी र वायु शरीरमा चढेका एक हूल मानिस काम्दै घरबाट निस्किए र आगोको भुङ्ग्रोतर्फ लम्किए । अगाडि बाजा घन्किरहेको थियो । वरिपरि बढेको भीड आगो माथिको नाच हेर्न लालायित थिए । त्यसपछि देवदेवी एवं वायु चढेका सेता गन्जी, धोती लगाएका, माला लगाएका व्यक्तिहरू, काम्दै उफ्रँदै दाउराको आगोको भुङ्ग्रोे अगाडि पुगे । कोही देवदेवीको जयजयकार गर्दै थिए ।

हातमा थाल बजाउँदै उफ्रिरहेका र अर्का मूल गुरु रुद्रबहादुर खड्का एकै छिनमा आगोको भर्भराउँदो भुङ्ग्रोमा लात्तीले हानेर उफ्रिन थाले । त्यसलगत्तै एकपछि अर्को आगोमा होमिए र त्यसैगरी लात्तीले हाने । गुरुको आदेशपछि नयाँ तथा पुराना डाङ्ग्रेहरू टाउको निहुराउँदै मुखबाट ‘भुर्भुर्भुर्भुर्भुर’ आवाज निकाल्दै जोस्सिँदै एकमाथि अर्को आगोमा होमिन थाले । उनीहरू आगोको भुङ्ग्रोमा लात्तीले हान्दै आगोलाई यताउति छर्दै त्यहीँ माथि उफ्रँदै नाच्न थाले । मानौँ त्यो एउटा खेलकुद मैदान हो, आगोका तीन भङ्ग्रो फुटबल हो र उनीहरू त्यही, त्यहीँ फुटबल खेलिरहेका छन् ।

नाङ्गो पैतालाले आगोमाथि मानिस नाचेको र  उफ्रिएको देखेर कतिका आँखा आश्चर्यले चम्किला भए । भुङ्ग्रोेमाथि नाच्नेलाई आगोले पोलेको कुनै आभास भएजस्तो देखिँदैनथ्यो । काम्दै र मन्त्र फलाक्दै डाङ्ग्रे भर्भराउँदोे भुङ्ग्रोेमा नाचिरहे । आगोमा नाचेको डिलमा बसेर हेरिरहेकाहरू चकित मात्रै परेनन्, आफ्ना छोरा र श्रीमान् आगोमा नाच्दा आमा र श्रीमतीहरूको मन भने कटक्क खायो । शरीरमा कुलको मूल देवता अर्थात् खप्परमास्टर शरीरमा धारण गरेका ४० वर्षीय राजकुमार बस्नेत, कुलका मामा भान्जी शरीरमा धारण गरेका २४ वर्षीय सौरभ बस्नेत, वायु धारण गरेका ४० वर्षीय सुवास बस्नेत, दिनेश बस्नेत, सुमन बस्नेत आगोमा उफ्रिन थाले ।

नजिकै डिलमा उभिएकी एक किशोरी भन्दै थिइन्, “ओहो, आगोको भुङ्ग्रोेमा उफ्रिँदा हाम्रो ड्याडीलाई पोलेन होला त ? जीउ पनि दुख्यो होला है ।” हेर्नेमध्ये धेरैले जिज्ञासा राखे, यसरी भुङ्ग्रोेमाथि नाच्नेको पैतालाको हालत के भयो होला ? तर खली खुवाउने कार्य सम्पन्न भएपछि भुङ्ग्रोेमा नाच्नेको पैतालामा आगोले पोलेको कुनै सङ्केत नदेखिँदा हेर्नेहरु चकित परे ।

आगोमा नाचेपछि शरीरमा देवदेवी र वायुको कम्पन आइरहेका सबैलाई गुरुले आगामा नाच्दा सुरक्षित भए नभएको एवं काँचो वायु तथा कुलदेवदेवीले पूर्णता पाए÷नपाएको जिज्ञासा राख्दै पालैपालो सबैलाई सोधे । पूर्णता पाएको र डाङ्ग्रेको शरीर सुरक्षित रहेको बताएपछि भने फेरि जयजयकार गर्दै खुसीको धुन

सहितको बाजा बजाउँदै सबै काम्दै सुरुमा निस्किएकै घरमा पसे, बलिरहेको बत्ती मुखमा हाल्दै शरीर कम्पन छाड्दै पुरानै अवस्थामा फर्किए र बाहिर निस्किए ।

आफ्नो कुलदेवतालाई उचित स्थान दिने र अकालमा ज्यान गुमाएर भड्किएको मृतात्माको मुक्तिका लागि शदिऔँदेखि चल्दै आएको तान्त्रिक विधिअनुसार गरिने खली प्रथालाई बस्नेत परिवारले चौथोपटक पूर्णता दिएका थिए । मूल गुरु खड्काले भन्नुभयो, “खली प्रथालाई चमत्कार वा अन्धविश्वास भन्न हुँदैन, यो श्रृष्टिको उत्पत्ति कालदेखिनै चल्दै आएको परम्पपरा मानिन्छ । गुरुहरूले प्राचीन तान्त्रिक प्रक्रियामार्फत प्रेतात्माको मुक्तिका लागि खली प्रथा चल्दै आएको हो । मैले नै यहीँ कुलमा योसमेत तीनपटक वायु उतार्ने र खली खुवाउने कार्य गरिएको छ । बीस वर्षअघि पनि यो कुलमा खली खुवाइएको थियो ।”

उहाँका अनुसार अकालमा मृत्यु भएकाको उद्धार नगरी पिशाचको रुपमा रहँदा त्यो कुल वंशभित्रका परिवारलाई दुःख कष्ट दिने, घरमा बिरामी नछुट्ने, अकल्पनीय दुर्घटनाहरु हुने, पशु चौपायाहरु बिरामी नै नभई अचानक मर्नेलगायतका घटना हुन्छन्, अकालमा मृत्यु भएकाको वायु उतारेर त्यही कुलवंशका व्यक्तिको शरीरमा धारण गरेपछि वायुदेवका रुपमा स्थान पाउने भड्किएको आत्माले मुक्ति पाउने विश्वास रहेको छ । अकालमा मृत्यु भएकाहरु सबै वायुदेवका रुपमा कुलदेवतासँगै राखेर पूजा गर्ने भएपछि कुलवंशमा राम्रो भएर आउने पूर्ण विश्वास रहेको मूल गुरु खड्का बताउनुहुन्छ । तान्त्रिक विधि र कूल देवताको शक्तिले आगोको भुङ्ग्रोेमा उफ्रिँदा पनि डाङ्ग्रको खुट्टाको रौं समेत नजल्ने उहाँ बताउनुहुन्छ ।

यहाँका बस्नेत कुलमा अकालमा ज्यान गुमाएकाहरूको आत्मा मुक्तिको कर्मका लागि खली खुवाउन तीन साताको तान्त्रिक विधिअनुसार सबै प्रक्रिया पुरा गरेर खली खुवाउने कार्य सम्पन्न गरिएको हो । तीन सातादेखि हरेक दिन राति खाना खाएपछि कुलका सबै पुरुष शुद्ध भई जम्मा भएर प्रत्येक रात गुरुमार्फत वायु उतार्ने काम सम्पन्न गरेपछि खली खुवाएर त्यसलाई पूर्णता दिइएको नवीन बस्नेतले बताउनु हुन्छ ।

शरीरमा कुलको मूलदेवता अर्थात् खप्परमास्टर शरीरमा धारण गरेका ४० वर्षीय राजकुमार बस्नेत, भान्जाभान्जी चेतबराह र मण्डली धारण गरेका २४ वर्षीय सौरभ बस्नेत, वायु धारण गरेका ४० वर्षीय सुवास बस्नेत आगोको भुङ्ग्रोेमा उप्रिाएका थिए । पुरोना धामी दिनेश बस्नेतको आङ अर्थात् शरीरमा धारण गरेको खप्परमास्टर राजकुमारको शरीरमा र पुरानो धामी सुमन बस्नेतको शरीरमा रहेको भान्जाभान्जी चेतबराह र मण्डली सौरभको आङ अर्थात् शरीरमा हस्तान्तरणसमेत गरिएको नवीन बस्नेतले बताउनुभयो ।

आफ्नो कुलमा अकालमा ज्यान गुमाएर मोक्ष नपाएका पितृको उद्धारका लागि गरिने प्राचीन र तान्त्रिक विधिलाई खली खाने प्रथा भन्ने गरिएको गुरु खड्काले बताउनुहुन्छ । सुरुमा गुरुमार्फत कुलका सबै जम्मा भएर एक भाइका घरमा वायु उतार्ने गरिन्छ । वायु उतार्ने क्रममा मृतात्माले आफ्नै कुलभित्रको आफूले चाहेको व्यक्तिको शरीरमा प्रवेश गर्दै आफ्नो मृत्यु कसरी भयो, आत्माले कति दुःख पायो र अब आत्माले कसरी मोक्ष पाउँछ भन्ने गर्छन् । यसमा तान्त्रिक माध्यमबाट प्रेताात्मा ‘वायु’लाई बोलाएर आफ्नो मृत्युबारे बकाएपछि मृतकको इच्छानुसार खली प्रथा गराइन्छ ।

भड्किएको मृतात्माले आफ्नो कुलभित्र दुःख दिने कथन रहँदै आएको र वायु उतारेर खली खुवाएपछि वायुदेवताका रुपमा स्थान दिई हरेक वर्ष दिवालीका दिन कुलदेवता र वायुदेवताको पूजा गरेपछि कुलमा राम्रो हुने विश्वास वर्षौदेखि रहँदै आएको बस्नेत कुलका ४० वर्षीय माधव बस्नेतको भनाइ छ । यो प्रथा हिन्दू धर्मावलम्बीमा प्राचीनकालदेखि चल्दै आएको बताउँदै उहाँले यसलाई धर्म, परम्परा, संस्कृति र तन्त्रसँग जोडेर हेर्नुपर्ने बताउनुभयो ।

एक वर्षअघि सोही गाउँमा खली खुवाउनु भएका सानुभाइ गिरीले यस प्रथाका बारेमा प्रस्ट्याउँदै भन्नुभयो, “आगाको भुङ्ग्रोमाथि नाङ्गो खुट्टाले नाचेर खरानी बनाउने घटना आफ्नै आँखा अगाडि देख्न सकिन्छ, यसलाई तान्त्रिक विधि र दैवी शक्तिको अनुपम नमूनाका रूपमा लिन सकिन्छ ।” उहाँका अनुसार शरीरमा कुलदेवता र वायुदेवता चढेका व्यक्तिलाई डाङ्ग्रे भनिन्छ, उनीहरूलाई आगोको भुङ्ग्रोमा नाचेर पूर्णता दिने कार्यलाई ‘खली खाने’ भन्ने गरिन्छ ।

डाङ्ग्रे हुन कठिन तान्त्रिक परीक्षा पूरा गर्नुपर्ने बताउँदै एक वर्षअघि मात्रै गिरी कुलमा खली खुवाएर आफै धामी बन्नु भएका सुरेश गिरीले खली खुवाउने प्रथाको बारेमा जानकारी दिंदै भन्नुभयो, “खली खानु डाङ्ग्रे हुने प्रक्रियाको अन्तिम परीक्षा हो, त्यसपछि उनीहरूकै शरीरमा कुल र वायु देवता रहिरहन्छ, त्यसैले धेरै परीक्षणबाट सफल हुँदै खली खुवाउने बेलासम्म आइन्छ, खली खुवाउन बालिने आगो पनि तान्त्रिक विधिबाट जगाइने भएकाले डाङ्ग्रे आगामा नाच्दा पोल्दैन, उनीहरूको खुट्टामा फोका उठ्दैन, घाउ लाग्दैन ।” आफूहरूका शरीरमा धेरै कम्पन हुने र  उफ्रने भएकाले भोलिपल्ट भने शरीर निकै थाक्ने गरेको उनीहरू बताउँछन् ।

आगो बाल्ने स्थानलाई पनि तान्त्रिक विधिले शुद्ध गरिने तथा बडो निगरानीमा राखिएको हुन्छ । कुभलो चिताउने कोही व्यक्ति त्यस ठाउँमा प्रवेश गरेमा तथा सिसा, फलामका टुक्रा, किला वा अन्य अशुद्ध सामग्री राखिदिए अनिष्ट हुन सक्ने मानिन्छ ।

खली खाने डाङ्ग्रे लामो प्रक्रियाबाट छनोट हुन्छन् । ‘जोसुकै व्यक्ति पनि डाङ्ग्रे हुन पाउँदैनन् । वायु उतार्ने क्रममा धामी बसेर तन्त्रमन्त्रले पूजा गर्दा जसको शरीरमा कुलदेवता र वायु चढ्छ, उनीहरू मात्र डाङ्ग्रे भएर खली खानयोग्य हुन्छन् । तान्त्रिक विधिद्वारा धामीले विशेष पूजा गरेपछि कुलका मानिसका जीउमा कुलदेवता चढ्ने गरेको बस्नेत बताउनुहुन्छ ।

कुलदेवता शरीरमा आएपछि पटकपटक विभिन्न विधिबाट हुने परीक्षण सफल भएपछि अन्तिममा मात्रै खली खुवाएर डाङ्ग्रेलाई पूर्णता दिइन्छ । डाङ्ग्रे भएपछि शुद्ध भएर बस्नुपर्ने र अशुद्ध खानपान तथा व्यवहार गर्न नहुने उहाँको भनाइ छ । खली खुवाएपछि कुलदेवता र वायुदेवताको शिला स्थापना गर्ने, पूजा गरेर देवता थन्क्याउने र सामूहिहक रूपमा कूलका परिवारले भोज खाएपछि भने बाजागाजाका साथ विभिन्न उपहार एवं दक्षिणा दिएर गुरुहरूलाई बिदाइ गर्ने परम्परा छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article मौसम बिग्रिएपछि काठमाडौं आउँदै गरेका तीनवटा अन्तर्राष्ट्रिय उडान होल्ड
Next Article टोपबहादुर–बालकृष्णसहित १४ लाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

पानी परेपनि काठमाडौँको वायु प्रदूषण अस्वस्थकर, सफा हुन समय लाग्ने

57 years ago
काठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPसमाज

विद्युत् चोरीको आरोपमा चार जना पक्राउ

57 years ago

व्यापारीहरुको सामान जबरजस्ति नियन्त्रणमा लिएर रकम असुली गर्ने पक्राउ

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

ग्रीस पठाइदिन्छु भन्दै ६ लाख ४० हजार ठगी गर्ने एक महिला पक्राउ

1 year ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?