२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

व्यापारीहरुको सामान जबरजस्ति नियन्त्रणमा लिएर रकम असुली गर्ने पक्राउ

२०७२, २० कार्तिक शुक्रबार ०१:३२

कात्तिक २०, बारा /
व्यापारीहरुको सामान जबरजस्ति नियन्त्रणमा लिएर रकम असुली गर्ने एक जनालाई प्रहरीले आज बिहान पक्राउ
गरेको छ ।

कलैया–२ अवधापुरका २९ वर्षका गणेश पटेललाई प्रहरीले
पक्राउ गरेको हो ।  उनी नेकपा माओवादीका कार्यकर्ता रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय
बाराबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज बिहान कलैयाको अवधापुरबाट पटेललाइ व्यपारीसँग पैसा असुल
गर्न आएका बेला पक्रेको हो ।

उनको साथबाट बा १३ प १३०३
नम्बरको मोटरसाइकल समेत बरामद गरिएको बाराका प्रहरी उपरिक्षक लोकेन्द्र बहादुर मल्लले बताउनुभयो

संघीय समावेशी मधेसी मोर्चाको नाममा पटेलले कलैयाका फेन्सी
व्यापारी पुरुषोत्तम केशरीको सामान सहितको मोटरसाइकल नियन्त्रणमा लिएर ५० हजार रुपैयाँ माग गरेकाले
उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक मल्लले जानकारी दिनुभयो ।


पिलुवाबाट सामान लिएर आउँदै गरेका व्यापारी केशरीका मान्छेलाई कलैया २ अवधापुरमा रहेको
हनुमान मन्दिर नजिक पटेल सहितका दुई जना व्याक्तिले सामान र मोटरसाइकल नियन्त्रणमा लिएका थिए

घटनास्थलमा पुगेका व्यापारी केशरीसँग पटेल र नेकपा
माओवादी बाराका सेक्रेटरी उमेश यादवले ५० हजार रुपैयाँ दिए पछि मात्रै सामान छाडने बताएपछि केशरी पैसा
लिनका लागि पटेललाई सँगै लिएर घरमा आएको र उनले कलैया बजारमा आएपछि प्रहरीलाइ फोन गरेर खबर गरेका थिए

पटेललाई प्रहरीले पक्राउ गरे लगत्तै माओवादीका जिल्ला
सेक्रेटरी यादव व्यापारी केशरीको ना २२ प १६४२ नम्बरको मोटसाइकल लिएर फरार भएको र उनको पनि खोजी भइरहेको
बारा प्रहरीले बताएको छ ।

दुई दिन पहिले पनि पटेल र यादवको
समुहले बाराको महेशपुरबाट मधुवनका एक जना व्यापारीसँग १० हजार रुपैयाँ असुलेको जिल्ला प्रहरी कार्यालय
बाराका एक प्रहरी अधिकृतले बताए ।

उनिहरुले बन्दहडतालका
बेला उद्योग किन चलाएको भन्दै धम्की दिएर मनहर्वामा रहेको रिलायन्स चिनी मिलका सन्चालकसँग पनि डेढ लाख
रुपैयाँ असुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पटेललाई
जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक मल्लले जानकारी
दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो