धरानमा आदिपुरुष प्रदर्शन नगर्न मेयर हर्क साम्पाङको आग्रह

साझासवाल
1 Min Read

असार ४, काठमाडौँ | विवादित बनिरहेको भारतीय चलचित्र आदिपुरुषलाई  सुनसरीको धरान उपमहानगरपालिका भित्र प्रदर्शन नगर्न मेयर हर्क साम्पाङले आग्रह गरेका छन् ।

उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन् ‘धरानमा आदिपुरुष प्रदर्शन नगर्नुहोला ।’

आदिपुरुषमा सितालाई ‘भारतकी बेटी’ भन्ने शब्द नहटाएसम्म नेपालमा हिन्दी चलचित्र रोक्ने भन्दै काठमाडौं महानगरपालिका भित्र अन्य हिन्दी चलचित्र प्रदर्शनमा समेत रोक लगाइएको छ ।

यस्तै पोखरा महानगरपालिकामा पनि हिन्दी चलचित्र रोक लागेको छ । धरानमा भने आदिपुरुष मात्रै प्रदर्शन नगर्न मेयर राईले आग्रह गरेका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply