शिक्षा अधिकृतलाई कुटपिट गरेको आरोपमा दाङका वडाध्यक्ष पक्राउ

साझासवाल
1 Min Read

असार ८, काठमाडौँ | दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका-२ का वडा अध्यक्ष पक्राउ परेका छन् ।

शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई बिहीबार दिउँसो कुटपिट गरेको भन्दै वडाध्यक्ष सुनिल वलीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए।

प्रहरीका अनुसार वडाध्यक्ष वलीले बिहीबार दिउँसो  गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिवाद हुदा शिक्षा अधिकृत पाण्डेलाई कुटपिट गर्दै कागजात च्यातेका थए।

उनी विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेपछि शुक्रबार पक्राउ गरिएको हो ।

Share This Article
Leave a Comment

Leave a Reply