मुग्लिन-नारायणगढ सडक ५ बजेतिर खुल्नसक्ने

साझासवाल
1 Min Read

असार १७, काठमाडौँ | पहिरोका कारण गत रातिदेखि फेरि अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक आइतबार अपराह्नसम्म पनि सञ्चालनमा आएको छैन ।

राति १२ बजेतिर तुइन खोला नजिकै सडकमा ढुंगा खसेपछि आइतबार दिनभर अवरोध हटाउने प्रयास गरिएको छ ।

आइतबार बिहानैदेखि भरतपुर सडक डिभिजन कार्यालयका प्रमुख सागर कार्कीको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अवरोध हटाउने प्रयास भएको छ । डिभिजन कार्यालयका अधिकारीहरूका अनुसार आइतबार साँझ ५ बजेसम्म सडक खुल्नसक्ने अनुमान गरिएको छ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध हुँदा पूर्वी नवलपरासीको गैंडाकोट, रजहर र चोरमारासम्म सवारी जाम भएको छ । पहिरोको साइट क्लियर नहुँदा ठूलो संख्यामा सवारी साधन रातभर सडकमै रोकिएका छन् ।

मुग्लिन नारायणगढ सडक खण्ड एक साताको अवधिमा पहिरोका कारण पटक पटक अवरुद्ध हुँदै आएको छ । पहिरो पन्छाएर तीन दिनपछि शुक्रबार सडक सञ्चालनमा ल्याएपछि शनिबार बिहान फेरि सडक अवरुद्ध भएको थियो । उक्त अवरोध शनिबार दिउँसो हटाइएको थियो । पछिल्लो पटक शनिबार राति पहिरो गएर फेरि सडक अवरुद्ध भएको हो ।

Share This Article
Leave a Comment

Leave a Reply