<p><b>असार १९, काठमाडौँ |</b> बाढी पूर्वानुमान महाशाखाले मध्य नेपालका केही जिल्लामा राति अति भारी वर्षा भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।<br></p><p>मंगलवार एक सूचना जारी गर्दै महाशाखाले पछिल्लो ३–६ घण्टा स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ र आसपास अति भारी वर्षा भएको जनाएको छ ।</p><p>महाशाखाले यी स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको समेत जनाएको छ । मंगलवार दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।</p>
Related News


