सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु

साझासवाल
1 Min Read

<p><b>असार २१, सल्यान | </b>सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको गङ्गादेव गाउँपालिका –४ का ७० वर्षीय बालराम डाँगी र उनका छोरा ४० वर्षका टोपलाल डाँगी रहेको सल्यान प्रहरीले जनाएको छ ।&nbsp;<br></p><p>प्रहरीका अनुसार तुलसीपुरबाट छुटेको रा १ ख ८३४ नम्बरको बस बिहीबार सल्यानको राप्ती लोकमार्गको चोर खोला भन्ने ठाउँ नजिक बिजुलीको ताराहरू लत्रिएका थिए । तारले बसलाई छोएको थियो ।&nbsp;</p><p>बसलाई छुँदा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ&nbsp; । यस्तै उक्त घटनामा सल्यानको छत्रेश्वरी गाउँपालिका–६ का ३५ वर्षका महेन्द्र वली घाइते भएको पनि प्रहरीले जनाएको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply