स्वास्थ्यकर्मी मृत्यु प्रकरणमा प्रहरीले गरे चार जनालाई पक्राउ

साझासवाल
1 Min Read

असार ३०, काठमाडौँ | काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसरका अनुसार हिजो शुक्रबार उक्त सेन्टरका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्था मृत भेटिएका थिए । उनको परिवारले किटानी जाहेरी दिएकाले सोही आधारमा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिए ।

पक्राउ पर्नेमा प्रशासन प्रमुख मनोजकुमार बस्नेत, फार्मेसी अधिकृत जुना स्थापित, प्राविधिक सहायक विष्णु पौडेल र कृष्ण पन्त रहेका प्रहरी बताए ।

अमृतले ‘आफूलाई फसाउन खोजिएको’ भनेर लेखेको पत्र बरामद भएको जिल्ला प्रहरी परिसरले बताए । उनका अनुसारका घटनाबारे थप अनसन्धान भइरहेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply