<p><b>साउन ५, दाङ |</b> दाङमा एक ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ।<br></p><p>बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । </p><p>पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम बिक रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।</p>
Related News


