२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१६ तोला सुन चाेरेकाे अभियोगमा घरमा काम गर्ने युवती पक्राउ

२०८०, २७ भाद्र बुधबार १२:१४

भदौ २७, पर्सा | सुनका गरगहना चोरी गरेको अभियोगमा कास्की प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका २, घर भइ हाल पोखरा १२ बस्ने २२ वर्षीया शिवदेवी चौधरी पक्राउ परेकी छन् । यस्तै चोरीका गहना लुकाउने पोखरा बुद्धचोकस्थित एक मोबाइल पसलका सञ्चालक सुजन अधिकारी समेत प्रहरीले नियन्त्रणमा छन् ।

पशु सेवा तालिम केन्द्र कार्यालय, पोखरा १२ परिसरको आवास कोठामा बस्नेले अन्दाजी १६ तोला बराबरका सुनका गरहगना चोरी भएको भन्दै कास्की प्रहरीमा निवेदन दिएकोमा अनुसन्धानका लागि प्रहरीले उक्त आवासमा काम गर्ने चौधरीलाई नियन्त्रणमा लिएको थियो ।


प्रारम्भिक अनुसन्धानमा सुनका गरगहना चोरी गरी मोबाइल पसलमा लुकाएको खुलेपछि पसल खानतलासी १६ तोला बराबरका विभिन्न सुनका गरगहना भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जनाए ।

प्रहरीले चोरी तथा डाँकासम्बन्धी कसूरमा जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना