Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
February 28, 2020 पर्बत - PBT, समाज

फलेवासमा तरुण दलको नगरकमिटि गठन

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा नेपाल तरुण दल गठन भएकोे छ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल फलेवास नगर कार्य समितिले मुडिकुवामा नयाँ कार्य समिति गठन गरेको हो । प्रजातन्त्रमा आस्थावान युवाहरुको समुहले तरुण दल मुडिकुवाको अध्यक्षमा रामप्रसाद गौडेल ‘रामु’ लाई चयन गरेको छ । भने   उपाध्याक्षमा निरज कुवँर, अर्को उपाध्याक्षमा अभिनाश भुषाल, सचिवमा मनोज भुषाल, सहसचिवमा इन्द्र सापकोटा, कोषाध्याक्ष दिव्य लामिछाने लगायत २७ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि  कुश्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछानेले युवाहरुले जब सम्म आफ्नो क्षमता बिकास गरेर नेतृत्व लिन सक्दैन तब सम्म देश बिकासमा केही सकारात्मक उपलब्धि हुन नसक्ने भन्दै  देश विकासको तिम्ती युवा नेतृत्व प्रभावकारी हुनु पर्नेमा जोड दिनु  भयो । उहाँले युवाहरुलाई विकास र समृद्धि सँग जोड्न सके मुलुकले छिट्टै सफलता प्राप्त गर्ने भन्दै नया कार्यसमितिलाई सफलताको शुभकामना ब्याक्त गर्नु भयो। । नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधी समेत रहेकी काफ्लले तरुण दललाई पार्टीले परिचालन गर्न सके नेपाली काँग्रेस एक नम्वरको पार्टी बन्ने कुरामा दुविधा नरहेको जिकिर गर्नुभयो । नेपाली काँग्रेसकी महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्रीले तरुण दल नेपाली काँग्रेसको मेरुदण्ड भएको बताउनु भयो । उहाँले पार्टीले तरुण युवाहरुलाई परिचालन गर्न नसकेको प्रति द्ुख व्यक्त गर्दै आफ्नो लागि आफू लडेर पनि हक अधिकार प्राप्त गर्न पर्ने औल्याउनु भयो।

कार्यक्रममा नेपाली काँग्रेस फलेवास नगर समितिका सभापति हिरामणि सापकोटा, नेपाली काँग्रेस मुडिकुवाका सभापति पुनाखर गौडेल, नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार‘शिव’, पर्वत काठमाडौँ सम्पर्क समितिका बरिष्ठ उपाध्याक्ष जीवन भुषाल क्षेत्री, नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका सदस्य धनेश्वर रेग्मी, विश्व हिन्दु महासंघ फलेवास नगरपालिकाका अध्यक्ष युवनाथ गौडेल रेग्मी लगायतले बोल्नुभएको थियो ।

नेपाल तरुण दल फलेवास नगर कार्य समितिका अध्यक्ष दिनेश लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य तरुण दल फलेवासका उपाध्याक्ष सरोज खनाल र कार्यक्रमको संचालन तरुण दल फलेवास नगर समितिका सचिव भानुप्रकाश थापाले गर्नुभएको थियो।