२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेसी घाइते भएर बाहिरिए पनि इन्टर मियामले सजिलै हरायो टोरन्टोलाई

२०८०, ४ आश्विन बिहीबार ०९:५८

असोज ४, काठमाडौँ | आफ्ना स्टार खेलाडी लियोनल मेसी घाइते भएर मैदानबाट बाहिरिए पनि इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) को बिहीबार खेलिएको खेलमा टोरन्टो फुटबल क्लबलाई ४—० गोलको फराकिलो अन्तरले हराएको छ । 

खेलको ३७औं मिनेटमा मेसी घाइते भएर मैदानबाट बाहिरिएका थिए । त्यतिबेला खेल गोलरहित बराबरीमा थियो । मेसीको स्थानमा रोबर्ट टेलर मैदानमा प्रवेश गरेका थिए । सात पटकका बालोन डी’ओर विजेता मेसी मैदानबाट बाहिरिएपछि इन्टर मियामीले चार गोल गरेको थियो ।  


यसअघि मेसीको अनुपस्थितिमा गत शनिबार इन्टर मियामी ठूलो अन्तरले पराजित भएको थियो । उक्त खेलमा एटलान्टा युनाइटेडले इन्टर मियामीलाई ५—२ गोलले हराएको थियो । टोरन्टोविरुद्घको खेलमा इन्टर मियामीका लागि रोबर्ट टेलरले दुई गोलको योगदान गरेका थिए ।

रोबर्ट टेलर मेसीकै स्थानमा मैदानभित्र प्रवेश गरेका थिए । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा इन्टर मियामीका लागि फाकुन्डो फारियसले पहिलो गोल गरेका थिए । खेलको ५४औं मिनेटमा रोबर्ट टेलरले इन्टर मियामीको अग्रता दोब्बर बनाएका थिए ।

त्यसपछि खेलको ७३औँ मिनेटमा इन्टर मियामीका लागि बेन्जामिन क्रेमास्चीले तेस्रो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि रोबर्ट टेलरले ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै इन्टर मियामीलाई सजिलो जित दिलाएका थिए । 

इन्टर मियामीका प्रशिक्षक जेरार्डो मार्टिनोका अनुसार, अर्जेन्टिनी स्टार मेसीको पुरानै चोट बल्झिएको बताएका छन् । मेसीले अब आगामी साता हुने यूएस ओपन कपको फाइनल खेल्न सक्छन् वा सक्दैनन् अन्यौलमै छ । 

इन्टर मियामीले यूएस ओपन कपको फाइनलमा हस्टन डाइनामोको सामना गर्नेछ । प्रशिक्षक मार्टिनोले भने उक्त खेलअघि नै ३६ वर्षीय मेसी स्वस्थ्य भइसक्ने विश्वास ब्यक्त गरेका छन् । अघिल्लो साता खेलिएको बोलिभियाविरुद्घको खेलमा पनि अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलोनीले मेसीलाई खेलाएका थिएनन् । 

इन्टर मियामीका अर्का प्रभावशाली खेलाडी जोर्डी अल्बा पनि टोरन्टोविरुद्घको खेलका क्रममा घाइते भएका थिए । त्यसैले यूएस ओपन कपको फाइनलअघि प्रशिक्षक मार्टिनो दबाबमा परेका छन् । मार्टिनोका अनुसार, ओरल्यान्डो सिटीविरुद्घको आगामी खेलमा भने मेसी र अल्बा दुबै अनुपस्थित रहने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना