२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शिक्षकहरुको आन्दोलन– सडक छेउको बिरुवा उखेलेर प्रहरीमाथि प्रहार!

२०८०, ४ आश्विन बिहीबार ०९:५१

असोज ४, काठमाडौँ | संघीय संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका कतिपय प्रावधानप्रति असहमति जनाउँदै देशभरका शिक्षकहरु अहिले आन्दोलनमा छन्। 

नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनअन्तर्गत बिहीबार दोस्रो दिन पनि शिक्षकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। शिक्षकहरुले बुधबारदेखि आन्दोलन सुरु गरेका हुन्।  

शिक्षकहरुले बिहीबार काठमाडौंको माइतीघरबाट जुलुस सुरु गरे। माइतीघरबाट बबरमहल, बिजुलीबजार हुँदै जुलुस बानेश्वर पुग्यो। संघीय संसद्‌ भवन रहेको बानेश्वर क्षेत्रलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र तोकेकाले प्रहरीले आन्दोलनकारी शिक्षकलाई एभरेस्ट होटल अगाडि नै रोक्यो। 

प्रहरीले शिक्षकहरुलाई निषेधित क्षेत्रमा प्रवेश गर्नबाट रोक्न सडकमै ब्यारिकेट तेर्स्याएको थियो। शान्तिपूर्ण भनिएको आन्दोलनमा केही आन्दोलनकारी भने निषेधित क्षेत्रमा प्रवेश गर्न खोजे। प्रहरीले उनीहरुलाई रोक्यो। 


प्रहरीले रोकेपछि आन्दोलनकारी शिक्षक झनै उग्र बने। बानेश्वरमा सडकसहित अन्य निर्माण कार्यका लागि प्रयोग भएका डन्डीको प्रयोग गरेर उनीहरुले प्रहरीको ब्यारिकेटमा प्रहार गरे। 

आन्दोलनमा उत्रिएका शिक्षकहरुले सडकछेउमा रोपिएको बिरुवा समेत उखेलेर त्यसको हाँगोले प्रहरीमाथि प्रहार गरे।

आन्दोलन थाल्नु अगाडि नै सरकारले शिक्षकहरुलाई वार्ताका लागि बोलाएको थियो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले बोलाएको वार्ता शिक्षकहरुले अस्वीकार गरेका थिए। 

बिहीबार बिहान भने शिक्षकहरु सरकारसँग वार्तामा बसेका थिए। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री राई सम्मेलित सरकारी पक्ष र शिक्षकबीचको बिहीबारको वार्ता कुनै निष्कर्षमा भने पुगेन। 

वार्तामा सहमति नहुने भएपछि सरकारी पक्षले आन्दोलन मर्यादित र सभ्य बनाउन शिक्षकका नेताहरुलाई आग्रह गरेको थियो। गृहमन्त्री श्रेष्ठले निषेधित क्षेत्रमा प्रवेश नगर्न शिक्षक नेताहरुलाई आग्रह गरेका थिए। 

तर, बिहीबार दिउँसो आन्दोलनमा उत्रिएका शिक्षकहरु भने निषेधित क्षेत्र प्रवेश गर्न खोजे। जसक्रममा बानेश्वरमा प्रहरी र आन्दोलनकारीबीच केही समय धकेलाधकेल समेत भयो।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना