<p><b>असोज ११, काठमाडौं | </b>उदयपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।<br></p><p>सप्तरी राजबिराज नगरपालिका–३ बस्ने ३४ वर्षीय आसुतोष तिवारीलाई बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।</p><p>भदौ ३० मा साँझ तिवारीले ति किशोरीलाई उनकै घरमा गएर बलात्कार गरेको आरोप छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय उदयपुरले थप अनुसन्धान गरिरहेको छ ।</p>
