धनुषाको कमला नगरपालिकामा शुक्रवार सार्वजनिक बिदा

साझासवाल
1 Min Read

असोज १८, धनुषा | धनुषाको कमला नगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिएको छ ।  मधेसका महिलाहरूले मनाउने महान् पर्व जितिया पर्वको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाकाका मेयर विश्वेश्वरप्रसाद यादवले आज एक सूचना जारी गर्दै कार्यालय र सो अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा शुक्रवार सार्वजनिक बिदा दिएका छन् ।

साथै सो पर्वका अवसरमा जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण संस्थागत विद्यालयहरू समेत बन्द हुने भएका छन् । प्याब्सन र एन प्याब्सन धनुषाले सो पर्वको अवसरमा बिदा दिने निर्णय गरेका हुन् ।

एन प्याब्सनका अध्यक्ष दीपककुमार ठाकुर र एन प्याब्सनका अध्यक्ष रवीन्द्र चौधरीले एक सूचना जारी गर्दै जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका सबै बोर्डिङ स्कुलहरू बिदा हुने जानकारी दिएका छन् ।

उपमहानगरभित्रका संस्थागत विद्यालयहरूमा बिदा दिने सूचना जारी भए पनि सार्वजनिक विद्यालयमा भने बिदा दिइएको छैन ।

Share This Article
Leave a Comment

Leave a Reply