असोज १८, काठमाडौँ | काठमाडौंको कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।

बिहीबार बिहान अन्दाजी साढे ९ बजे कीर्तिपुर नगरपालिकास्थित ल्याबरेटोरी स्कुल अगाडि मोटरसाइकलले ठक्कर दिएर १२ वर्षीय बालकको मृत्यु भएको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामाले जानकारी दिए।

सिन्धुपाल्चोक घर भई कीर्तिपुर बस्ने १२ वर्षीय सुरज मगरको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मगरलाई बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो।

त्यहाँ पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मोटरसाइकलले बालकलाई ठक्कर दिएर भागेको छ। प्रत्यक्षदर्शीले ती बालकलाई मोटरसाइकलले ठक्कर दिएको बयानको आधारमा अनुसन्धान अघि बढाएको छ। सिसिटिभी फुटेजको माध्ययमबाट पनि मोटरसाइकल चालकलाई खोजी गरिरहेको छ।

Related News