२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेलम्चीको पानी अबको २८ दिन भित्र काठमाडौँमा वितरण हुने दाबी

२०८०, ४ पुष बुधबार ०७:२४

पुष ४, काठमाडौँ | मेलम्ची खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण हुने दाबी गरेको छ। 

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विज्ञप्ति जारी गर्दै आकस्मिक रुपमा केही नभए अबको २८ दिन भित्रमा  आउने बताएका छन्। मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दलले काठमाडौं उपत्यकामा वितरण गर्ने उनले उल्लेख गरेका छन्। 


पन्तले जारी गरेको विज्ञप्तिमा पानी वितरणका लागि २८ दिनको द्रुत कार्यतालिका बनाएर २ सिफ्टमा काम गर्नेगरी जनशक्ति परिचालन गरिएको उल्लेख छ। बाढी–पहिरोले आयोजनामा क्षति पुगेको भन्दै गएको असार ८ गतेदेखि आयोजनाले काठमाडौं उपत्यकामा पानी वितरण रोकेको थियो। 

आयोजनाले क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने जनाएको थियो। तर पुस लाग्दासमेत पानी वितरण हुन सकेको छैन।  

सरकारी निकायको ढिलासुस्तीका कारण ६ महिनामा पनि पानी वितरण नभएपछि काठमाडौंमा चर्को विरोध हुन थालेको छ। 

दुई दिनअघि उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले मेलम्चीको पानी छिटो काठमाडौं ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको थियो। 

भ्रेमाथानको पहिरोपछि मेलम्ची हिउदमात्र काठमाडौ ल्याउने काम हुदै आएको थियो।  मेलम्चीसँगै लार्के र याङ्ग्रीबाट समेत पानी ल्याउने योजना सरकारले अघि सारे पनि भ्रेमाथान बाढीपछि मेलम्चीकै भविष्य अन्योलमा परेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय