2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

इन्टरपोलका सहभागीलाई भक्तपुरमा भव्य स्वागत

रमेश गिरी, माघ ७, भक्तपुर। अन्तर्राष्ट्रिय प्रहरी अपराध सङ्गठन (इन्टरपोल) को २३ औँ एसिया क्षेत्रीय सम्मेलनमा भाग लिन आएका टोलीलाई भक्तपुरमा भव्य स्वागत गरिएको छ । 

भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक नगरीको रुपमा विश्व प्रख्यात विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर परिसरमा गएराति आयोजना गरेको सांस्कृतिक कार्यक्रममा इन्टरपोलका टोलीलाई स्वागत गरिएको हो । 

काठमाडौँमा सुरु भएको तीन दिने सम्मेलनमा सहभागी हुन नेपाल आएका एसिया क्षेत्रका उच्च प्रहरी अधिकृतहरु, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, नेपाल प्रहरी, सुरक्षा निकायको उच्च पदस्थ अधिकारीहरुको समेत सहभागिता रहेको कार्यक्रममा इन्टरपोलको टोलीलाई नगरपालिकाले स्वागत गरेको थियो । 

बिहीबार राति ७ बजे सुरु भएको भव्य सांस्कृतिक कार्यक्रममा सहभागी इन्टरपोलका टोलीलाई भक्तपुरका परम्परागत ऐतिहासिक महत्व बोेकेका नृत्य एवं झाँकीहरु देखाएर मनोरञ्जन दिइएको थियो । 

कार्यक्रमस्थलमा राखिएका बिभिन्न रङ्गका बत्तीले दरबार स्क्वायर परिसरमा रहेका प्रसिद्ध पचपन्न झ्याले दरबार, भूपतिन्द्र मल्लको सालिक, गोल्डेन गेट लगायतका संरचना आकर्षक देखिँदा सहभागी टोलीहरुले सम्पदाको खुलेरै प्रशंसा गरेका थिए । 

कार्यक्रममा भक्तपुर नगरपालिकाको तर्फबाट प्रस्तुत गरिएको स्थानीय परम्परागत, ऐतिहासिक र धार्मिक महत्व बोकेको माक प्याखः नाच, देवी नाच, लाखे नाच लगायतका विभिन्न नाच हेर्दै मदहोस भएका टोलीले रात छिप्पिँदै गएको पत्तै पाएनन् । 

कार्यक्रममा सांसद एवं भक्तपुर नगरपालिकाका पूर्व नगरप्रमुख प्रेम सुवालले इन्टरपोलका महासचिव जुर्गेन स्टकलाई भक्तपुरको चिनोस्वरुप मयूर झ्याल प्रदान गर्नुभएको थियो । 

राति करिब ९ः३० बजेसम्म सञ्चालित सांस्कृतिक कार्यक्रम हेरेपछि कार्यक्रम स्थलमा गाला डिनर गराइएको थियो भने नेवारी परम्परा अनुसार प्यालामा रक्सी वितरण गरेर परम्पराको झल्को दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई