2026-08-23 09:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईपीएल-२०२४: यी ६ खेलाडी जो १० करोड बढीमा बिके

पुष ४, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को अक्सन पूरा भएको छ।  यो पटकको अक्सनमा विश्वकप विजेता अष्ट्रेलियाका खेलाडीहरुको बोलवाला रह्यो।

विश्वकप विजेता टोलीको सदस्य अनि कठिन अवस्थामा पनि खेललाई फर्काउन सक्ने खुबीका कारण आईपीएलमाउनीहरु महँगो मूल्यमा बिके। उनीहरुलाई किन्न आईपीएलका टोलीहरुले कडै प्रतिस्पर्धा गरे। 

यो अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले कीर्तिमानी मूल्य पाए। स्टार्कलाई आईपीएल इतिहासकै सर्वाधिक महँगो २४ करोड ७५ लाख भारुमा कोलकाता नाइट राइडर्सले किन्यो। यो नेपाली रुपैयाँ करिब ४० करोड बराबर हो। त्यसअघि सबैभन्दा महँगो बोली अष्ट्रेलियाका कप्तान प्याट कमिन्समा लागेको थियो।

अष्ट्रेलियाका खेलाडीमाथि महँगो बोली लाग्दा दुई खेलाडीले मात्रै ७२ करोड नेपाली रुपैयाँ मूल्य पाए। करोड क्लबमा भारतका हर्ष पटेल परे भने अन्य खेलाडी विदेशी छन्। २०२४ को अक्सनमा १० करोडमाथि मूल्य पाउने ६ खेलाडी यस्ता छन्। 

१. मिचेल स्टार्क- २४ करोड ७५ लाख भारु

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कलाई कोलकाता नाइट राइडर्सले आईपीएल इतिहासकै सर्वाधिक महँगो मूल्य २४ करोड ७५ लाख भारु झन्डै ४० करोड नेपाली रुपैयाँमा किनेको छ। 

स्टार्कले अक्सनमा न्यूनतम २ करोड भारु राखेका थिए। सुरुवातमा दिल्ली र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो। ९ करोड ६० लाखपछि दिल्लीले मूल्य लगाउन छाडेको थियो। त्यसपछि कोलकाताले मूल्य लगाएर खरिद गरेको हो। 

२. प्याट कमिन्स- २० करोड ५० लाख भारु

अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारु झण्डै ३३ करोड नेपाली रुपैयाँमा किनेको छ। कमिन्सले तीव्र गतिमा बलिङसँगै तल्लो क्रममा आक्रामक ब्याटिङ पनि गर्ने भएकाले उनलाई खरिदमा प्रतिस्पर्धा भएको थियो। अष्ट्रेलियाले विश्वकप जित्दा उनले महत्वपूर्ण भूमिका निभाएका थिए। 

त्यस्तै अष्ट्रेलियालाई यस पटक विश्वकप उपाधि जिताउन सानदार कप्तानी पनि गरेका थिए।

प्याट कमिन्सले न्यूनतम २ करोड भारु राखेका थिए। उनलाई किन्न चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो। ५ करोडमा आएर बेंगलोरले पनि मूल्य लगाएको थियो। चेन्नईले ६ करोड ८० लाखमा पुगेर प्याट कमिन्सलाई छाडेको थियो।

३. डर्‍याल मिचेल- १४ करोड भारु अर्थात् २२ करोड नेपाली

न्युजिल्यान्डका स्टार अलराउन्डर डर्‍याल मिचेललाई पाँचौं पटक चेन्नई सुपर किंग्सले १४ करोड भारु (२२ करोड नेपाली रुपैयाँ) मा किनेको छ। अक्सनमा चेन्नई, दिल्ली र पन्जाबबीच प्रतिस्पर्धा भएको थियो।

मिचेलले अक्सनमा १ करोड भारु राखेका थिए। उनलाई किन्न दिल्ली र पन्जाबबीच अक्सनमा कडा प्रतिस्पर्धा भएको थियो। दिल्लीले ११ करोड ५० लाख भारुपछि मूल्य लगाउन छाडेको थियो।

४. हर्षल पटेल- ११ करोड ७५ लाख भारु

भारतीय तीव्र गतिका बलर हर्षल पटेललाई पन्जाब सुपर किंग्सले ११ करोड ७५ लाख भारु (झन्डै १९ करोड नेपाली रुपैयाँ) मा किनेको छ। पटेल रोयल च्यालेन्जर्स बेंगलोरबाट डेथ ओभरमा राम्रो प्रभाव छाडेका कारण यस पटक महँगो मूल्य पाउने खेलाडी बनेका छन्। 

उनले न्यूनतम मूल्य २ करोड राखेका थिए। उनलाई किन्न अक्सनमा गुजरात र पन्जाब किंग्सबीच प्रतिस्पर्धा भएको थियो। ११ करोडमा आएर गुजरातले मूल्य लगाएको थियो। गुजरातले १० करोड ५० लाख भारुमा छाडेको थियो।

५. अल्जारी जोशेफ- ११ करोड ५० लाख भारु

रोयल च्यालेन्जर्स बेंगलोरले वेस्टइन्डिजका तीव्र गतिका बलिङ अलराउन्डर अल्जारी जोशेफलाई ११ करोड ५० लाख भारु (१८ करोड नेपाली रुपैयाँ) मा किन्यो। जोशेफले तीव्र गतिमा बलिङ गर्नुको साथै तल्लो क्रममा राम्रो ब्याटिङ गर्ने गर्छन्। पछिल्लो समय राम्रो लयमा हुँदा उनलाई बेंगलोरले महँगो मूल्य खर्चिएको हो।

न्यूनतम मूल्य २ करोड राखेका जोशेफलाई सुरुवातमा चेन्नई र दिल्लीबीच प्रतिस्पर्धा भएको थियो। त्यसपछि लखनऊ ३ करोड २० लाखबाट मूल्य लगाउन सुरु गरेको थियो। बेंगलोरले ६ करोड ८० लाखबाट मूल्य लगाउन सुरु गरेको थियो।

६. स्पेन्सर जोनसन- १० करोड भारु

अष्ट्रेलियाका बायाँ हाते तीव्र गतिका बलर स्पेन्सर जोनसनलाई गुजरात टाइटन्सले १० करोड भारु (१६ करोड नेपाली रुपैयाँ) मा किनेको छ। दुबईमा जारी अक्सनमा न्यूनतम ५० लाख भारु राखेपनि दिल्ली र गुजरातबीच कडा प्रतिस्पर्धा हुँदा १० करोड भारुमा गुजरातमा पुगेका हुन्।

२८ वर्षीय जोनसन तीव्र गति र स्वींगका लागि चिनिन्छन्। विदेशी लिगमा सानदार प्रदर्शन गर्दै आएका उनले गत अगष्टमा दक्षिण अफ्रिकाविरुद्ध टि-२० आईमा डेब्यू गरेका थिए। उत्कृष्ट गति र स्वींग हुँदा उनले महँगो मूल्य पाएका हुन्।

नयाँ खेलाडी जो महँगोमा बिके

राइली रोसोउ 

पन्जाब सुपर किंग्सले दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर राइली रोसोउलाई इन्डियन प्रिमियर लिग २०२४ को अक्सनमा ८ करोड भारु (झन्डै १३ करोड नेपाली रुपैयाँ) मा किनेको छ। 

न्यूनतम मूल्य २ करोड राखेका उनी सुरुवातमा अनसोल्ड भएका थिए। तर दोस्रो पटक उनलाई पन्जाबले किनेको हो। पन्जाबले किन्दा दिल्लीले पनि मूल्य लगाएपछि उनी महँगो मूल्यमा बिक्री भएका हुन्।

बायाँ हाते ब्याटर रोसोउ टि-२० आईमा लगातार दुई शतक हान्ने पहिलो खेलाडी हुन्। उनी आक्रामक ब्याटिङका लागि चिनिन्छन्।

रचिन रविन्द्र 

चेन्नईले यसअघि न्युजिल्यान्डका अलराउन्डर रचिन रविन्द्रलाई १ करोड ८० लाख भारुमा किनेको थियो। मिचेलले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार अलराउन्ड प्रदर्शन गर्दै आएका छन्।

उनी मध्य क्रममा आक्रामक ब्याटिङसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछन्। विशेषगरी अघिल्लो महिना विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि अक्सनमा महँगो मूल्य पाएका हुन्। विश्वकपको सेमिफाइनल खेलमा भारत विरुद्ध १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित १ सय ३४ रनको सानदार शतकीय इनिङ खेलेका थिए।

त्यस्तै अफगानिस्ताका स्पिनर मुजिब उर रहमानलाई कोलकाताले न्यूनतम २ करोड भारुमा किनेको छ। त्यस्तै न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनलाई २ करोड न्यूनतम मूल्यमा बेंगलोरले किनेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो