<p><b>पुस १५, काठमाडौँ | </b>नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो ।<br></p><p>महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ छ । जुन, गत साताको शुक्रबार तोलामा १ लाख २० हजार ७०० रुपैयाँ थियो । यस्तै, गत साता १ लाख २० हजार १०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ ।</p><p>यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । यो गत साताको शुक्रबारको मूल्य हो । महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ ।</p>
