2026-09-19 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाका ५० जना विद्यार्थीले पाए सद्भाव छात्रवृत्ति

ताराबहादुर महत, माघ ८, दोलखा ।

माध्यामिक तहमा अध्ययनरत दोलखाका ५० जना  विद्यार्थीहरुलाई  आज चरीकोटमा सद्भाव छात्रवृत्ति प्रदान गरीएको छ । 

भिजी फउण्डेसनको सहयोग र जिज्ञासा दोलखाको समन्वयमा हिमालयन क्लाईमेट इनिसियटिभ नामक संस्थाले कक्षा ९ र १० मा अध्ययनरत गरीब, विपन्न, जेहन्दार तथा अभिभावकविहिन बालबालिकाहरुलाई विद्यालय पोसाक, झोला, कापी, कलम, क्याल्कुलेटर लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो । जिल्लाको भिम माध्यामिक विद्यालय दोलखा, कुटीडाँडा माध्यामिक विद्यालय मकैबारी, साँगुते माध्यामिक विद्यालय फस्कु, कालापानी माध्यामिक विद्यालय जफे, महेन्द्रदय माध्यामिक विद्यालय माटी, निकोभुमे माध्यामिक विद्यालय बाबरे लगायत विभिन्न २० वटा विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

नेपालीले नेपालीलाई सहयोग गर्ने उद्धेश्यका साथ विदेश तथा स्वदेशमा रहेका नेपालीहरुबाट संकलित रकमबाट आर्थिक अभावका कारण शिक्षलाई निरन्तरता दिन कठिनाई परेका बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरिएको सद्भाव छात्रवृत्तिका जापानदुत राजकुमार लामिछानेले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वयमसेवी कार्यक्रम संयोजक अर्जुन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ दोलखाका   अध्यक्ष हिराकुमार थोकर, जिल्ला शिक्षा समिति दोलखाका सदस्य श्रीबाबु कार्की, आर्थिक पत्रकार समाज दोलखाका अध्यक्ष दिल बहादुर केसी, अनेरास्वियु दोलखाका सहसचिव राजकुमार ढुङगेल, जिल्ला बाल कल्याण समिति दोलखाका सदस्य राजन बस्नेत लगायतले मन्तव्य व्यक्त  गर्नु भएको थियो । दोलखामा गत वर्षदेखि वितरण शुरु भएको छात्रवृत्ति हालसम्म ७४ जनालाई  प्रदान गरीएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई