२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एसिसी प्रिमियर कप चैत अन्तिम साता गर्ने तयारी

२०८०, १६ पुष सोमबार १०:५७

पुस १६, काठमाडौँ | एसियन क्रिकेट काउन्सिल (एसिसी) ले दोस्रो संस्करणको एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिता आगामी चैत अन्तिम साता गर्ने तयारी गरेको छ।

एसिसीले प्रतियोगिता चैत २८ देखि वैशाख ११ (अप्रिल १० देखि २३) मा गर्ने प्रस्तावित मिति सार्वजनिक गरेको छ। एसिसीले प्रिमियर कपमा १० टिमबीच २४ खेल हुने जनाएको छ। 

आयोजकको टुंगो लागेको छैन। यद्यपी एसिसीले यो संस्करणको प्रिमियर कप मध्य पूर्वमा गर्ने जनाएको छ। 


प्रतियोगितामा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कतार, कुवेत, बहराइन तथा च्यालेन्ज कपको विजेता र उपविजेताले भाग लिनेछन्। 

यो प्रतियोगिताको विजेता एसिया कप २०२५ मा छनोट हुनेछ। विजेता, उपविजेता र तेस्रो हुने टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप २०२४ खेल्न पाउनेछन्।

गत संस्करणको प्रिमियर कप नेपालले जितेको थियो। नेपालले घरेलु मैदानमा आयोजना भएको प्रतियोगिता जित्दै एसिया कपमा स्थान पक्का गरेको थियो। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो। 

नेपालले सन् २०२४ को टी-२० विश्वकपअघि एसिसी प्रिमियर कप खेल्न लागेको हो। विश्वकपअघि नेपाललाई कपले राम्रो तयारी गर्ने अवसर मिल्नेछ। एसिसी प्रिमियर कप भएको दुई महिनापछि जुनमा अमेरिका र वेस्ट इन्डिजमा टी-२० विश्वकप आयोजना हुँदैछ। 

यस्तै महिला प्रिमियर कप टी-२० प्रतियोगिता माघ २६ देखि गर्ने एसिसीले प्रस्ताव गरेको छ। यो प्रतियोगिता मलेसियामा हुनेछ। जसमा थाइल्यान्ड, युएई, इन्डोनेसिया, नेपाल, हङकङ, मलेसिया, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्सले भाग लिनेछन्। 

विजेता र उपविजेता टिम जुलाईमा हुने वुमन्स एसिया कप २०२४ का लागि छनोट हुनेछन्। यस्तै सेमिफाइनलमा पुग्ने चार टिमले सन् २०२५ मा हुने वुमन्स इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन्। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता