माघ १६, सिन्धुपाल्चोक | सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिका-१ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिककाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् ।

घाईतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । घाइते नेपाली चालक हुन् । घाइतेहरूलाई उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएकाे उनले बताए ।

तस्बिर : चिन दाेर्जे ह्याेल्माेकाे फेसबुकबाट

Related News