माघ २२, काठमाडौँ | भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी गायिका मेनुका पौडेल नेपाल फर्किएकी छन् ।

सोमबार गृहनगर झापा आएकी पौडेललाई प्रदेशसभा सदस्य छवि चुडालले खादा लगाएर स्वागत गरेका छन् । साथै, पौडेललाई आज अभिनन्दन गर्ने कार्यक्रम रहेको छ।

उत्कृष्ट-१० मा छनोट हुन सफल भएकी उनी आइतबारको एपिसोडमा शोबाट बाहिरिएकी थिइन् ।

उत्कृष्ट-१० मा पर्नु मेनुकाका लागि एउटा ठूलो सफलता मात्रै होइन विगतका कुनै रियालिटी शोमा पुग्न नसकेको स्थान पनि हो ।

Related News