प्रसूति गृहबाट चोरी भएको शिशुको उद्धार, दैलेखकी मनीषा सहित तीनजना पक्राउ

साझासवाल
1 Min Read

फागुन १२, काठमाडौ | काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृहबाट हिजो दिउँसो चोरी भएको शिशुको प्रहरीले उद्धार गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार शिशुको चोरी गर्ने दैलेखकी २४ वर्षीया मनीषा सिंह सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनिषाकी दिदी र श्रीमानसमेत छन् ।

प्रहरीले सीसीटिभी फुटेजका आधारमा काठमाडौँको काँडाघारीस्थित सनसिटी अपार्टमेन्ट क्षेत्रबाट शिशुको उद्धार गरी चोरी गर्ने महिलासहित तीनजनालाई पक्राउ गरेको हो ।

काभ्रे घर भई काठमाडौँ बस्दै आएकी सविना श्रेष्ठको २६ दिने शिशु शुक्रबार दिउँसो प्रसुतिगृहबाट चोरी भएको थियो। शिशुको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार पछि बालिकाको परिवारको जिम्मा लगाइएको छ ।

बच्चा हराएको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खोजीमा खटिएको थियो ।

Share This Article
Leave a Comment

Leave a Reply