२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धादिङ अस्पतालमा पाठेघरको शल्यक्रिया सेवा सुरु

२०८०, १५ फाल्गुन मंगलवार ०८:०६

फागुन १५, काठमाडौँ | जिल्ला सदरमुकाम धादिङबेँसीमा रहेको धादिङ अस्पतालले पाठेघरको शल्यक्रिया सेवा सुरु गरेको छ। अस्पतालले पहिलोपटक टिएएच (टोटल एब्डोमिनल हिस्टेरेक्टोमी) पद्धतिबाट  पूर्ण पाठेघर निकाल्न सफल भएको हो।

१० जनाको पाठेघर अप्रेसन गरिएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुरेन्द्रप्रसाद भट्टले जानकारी दिए।

उनले भने, ‘पहिले गाइनोक्लोजिस्ट भएर पनि अप्रेसन नभएको रहेछ । अहिले हामीले सुरु गरेका छौँ। अहिले पाठेघरको सबै खालको शल्यक्रिया धादिङ अस्पतालमै हुने गरेको छ। अहिले पाठेघर खस्ने समस्याको अप्रेसन एचभी (भजाइनल हिस्टेरेक्टोमी) पनि नियमित रूपमा भइरहेको छ।’

त्यस्तै, १५ जनाभन्दा बढी महिला–पुरुष दुवैको स्थायी बन्ध्याकरण गरिएको उनले बताए। ‘अस्पतालले प्रवाह गर्ने सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउँदै लैजाने तयारीमा छौँ। प्रसूति सेवा पनि थप सहज बनाएका छौँ। जटिल खालका प्रसूति डेलिभरीको पनि धादिङ अस्पतालमै अप्रेसन हुन्छ,’ उनले भने।

जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट एवं स्त्री रोग विशेषज्ञ डाक्टर सुरेन्द्रप्रसाद भट्टसहितको टोलीले शल्यक्रिया गर्दै आएकाे छ। धादिङ अस्पतालमै पाठेघरको अप्रेसन हुन थालेपछि सेवाग्राहीहरू खुसी भएका छन्। विशेषज्ञसहितको सेवा सुरु गरेको अस्पतालले निरन्तर रूपमा सेवा प्रवाह गर्नुपर्ने सेवाग्राहीको भनाइ छ।

फागुन ३० गतेसम्म चल्ने नाटकमा रमेश बाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहित पौडेल, आदित्य सुनार, ज्योति हमाल, सुसन पौडेल, रोशनी रामदामले अभिनय गरेका छन् ।

बुकिङ शो मार्फत बिहान, दिउँसो र साँझमा नाटक मञ्चन हुनेछ । खुल्ला शो मार्फत भने नाटक फागुन २६ देखि ३० सम्म साझँ ५ बजे हेर्न पाइनेछ । नाटक हेर्न विद्यार्थीको लागि २ सय र अन्यको लागि ३ सय र ५ सय रुपैयाँ शुल्क लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा