2026-08-29 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम: सिकाई उपलब्धिमा अब्बल सुर्यचन्द्र नमुना मावि कालिमाटी

कमल रावल | असोज २३, अछाम | देशभरका नमुना बिद्यालयहरु मध्येको एक सूर्यचन्द्र प्राविधिक तथा ब्यावसायिक नमुना मावि कालिमाटि सिकाई उपलब्धिका हिसावले अब्बल बन्दै गएको छ ।

साँफेबगर नगरपालिका—१ कालिमाटीमा रहेको नमुना माविले नमुना बिद्यालयको रुपमा छनौट भएदेखी हालसम्म पछाडी फर्किनुपरेको छैन । सिकाई उपलब्धि, ब्यावस्थापन र शैक्षीक गुणस्तरका हिसावले हरेक वर्ष पुरस्कृत भईरहेको सुर्यचन्द्र मावि बिद्यार्थि, अभिभावक र आम सरोकारवालाको आर्कषणको केन्द्र बनिरहेको छ ।

यस बिद्यालयमा कक्षा १ देखी ५ सम्म र माध्यामिक तह तथा प्राविधिक तर्फको सिकाई उपलब्धि सरकाले तोकेको न्यूनतम ५० प्रतिशत भन्दा तल कहिल्यै झरेको छैन । तर कक्षा ६, ७ र ८ मा भने अरु कक्षाको तुलनामा सिकाई उपलब्धि अलि कमजोर रहेको बिद्यालयका प्रधानाध्यापक देबेन्द्रबहादुर शाहले बताँउनुभयो । कक्षा ६ मा अन्य छिमेकी बिद्यालयबाट बिद्यार्थि आउने भएकाले सिकाई उपलब्धि कम हुन पुगेको उहाँको भनाई छ ।

बिद्यालयले कमजोर बिद्यार्थिहरुका लागि सहुलियत मुल्यमा छात्रवास सञ्चालन गरि सिकाई उपलब्धि बृद्धि र शैक्षीक विकासको प्रयत्न गरेको छ । प्रअ शाहले भन्नुभयो “शिक्षकहरु संगै होस्टेलमा राखेर कमजोर बिद्यार्थिको सिकाई उपलब्धि निकै प्रभावकारी भएको छ, यो कुरा अन्य बिद्यालयलाई पनी सिकाई हुन सक्छ ।”

बिद्यार्थिको आन्तरिक मुल्याँकन, आन्तरिक परिक्षा लगायत अतिरिक्त क्रियाकलापलाई नियमित पारिएको छ । यस बिद्यालयमा सबैभन्दा बढी जिम्मेवार बनेर शिक्षकहरु लागि परेका छन र बिद्यार्थि तथा अभिभावकले पनी निकै साथ दिएका छन ।

बेलाबेलामा बिभिन्न गाउँमा पुगेर अभिभावकसंग अन्र्तक्रिया गर्ने, बिद्यार्थिले ल्याएको नतिजा बारे जानकारी गराँउने कार्य पनि बिद्यालयले नियमित गरिरहेको छ । यसबाट अभिभावकलाई पनी थप जिम्मेवार हुन प्रेरित गरेको प्रअ शाह बताँउनुहुन्छ । कक्षा १,२ र ३ को सिकाई उपलब्धि ७० प्रतिशत भन्दा माथि रहेको भन्दै प्रअ शाहले ति कक्षाका बिद्यार्थि जस्तोसुकै राम्रो बिद्यालय संग पनी प्रतिष्प्रधा गर्न सक्षम रहेको दाबी गर्नुभयो । अहिले मावि तहका लागि केही कक्षाकोठा अभाव रहेको बिद्यालयले जनाएको छ । कक्षाकोठाको समस्या समाधानका लागि पहल भईरहेको बि. ब्य. स. अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष अम्मर बहादुर शाहले बताँउनुभयो ।

नमुना बिद्यालयका लागि भौतिक संरचना बनाउन बृहत डिपिआर तयार गरिसकेको र अब शैक्षीक योजना बनाउन बाँकी रहेको छ । सिसि क्यामरा राख्ने, ई कक्षा संचालन गर्ने गरि तयारी समेत अघि बढिरहेको उहाँको भनाई छ । अध्यक्ष शाहले भन्नुभयो “जिल्लाको नमुना बिद्यालयलाई शैक्षीक रुपमा अब्बल बनाउँनका लागि हामी लागिपरेका छौं, यसमा सबै सरोकारवाला पक्ष जिम्मेवार बन्नु पर्दछ ।” सरकारले नमुना छनौट गरेपनी नमुना बनाउने काम स्थानीय सरोकारवालाको भएकोले तदनुरुप काम गरिरहेको उहाँको भनाई छ ।

कालिमाटीका मात्रै नभएर छिमेकी गाउँहरु रिडिकोट, पायल, लुंग्रा र जाल्पादेबी लगायत जिल्लाका बिभिन्न ठाउँ र बाहिर जिल्लाका बिद्यार्थिहरु पनी उक्त बिद्यालयमा अध्ययन गरिरहेको बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष तथा रिडिकोटका वडा अध्यक्ष मिठ्ठु सिंह भाटले बताँउनुभयो ।

२०७३ सालबाट नमुना बिद्यालयको रुपमा रहेको सुर्यचन्द्र माविले त्यस यता २ पटक गरि उत्कृष्ट बिद्यालयको रुपमा रु ३ लाख पुरस्कार समेत जितिसकेको छ । शिक्षा, ब्यावस्थापन र कृषि जेटीइ (बालि बिज्ञान) अध्ययन भईरहेको नमुना माविमा ५२४ साधारण र १२४ ब्यावसायिक गरि कुल ६३० बिद्यार्थि हाल अध्ययनरत छन । जम्मा १२ वटा ब्लकमा २६ कोठा रहेको बिद्यालयमा १९ वटामा कक्षा संचालन भईरहेका छन भने ७ कोठामा प्रशासन, पुस्तकालय तथा ल्याव सञ्चालन भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो