४ माघ २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा १२ हजार विद्यार्थीको क्षमता बढ्यो

३० चैत्र २०८०, शुक्रबार १२:०६

चैत ३०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ । सामुदायिक विद्यालयको संख्या ८९ रहेको छ । ८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिन्छ ।

यीमध्ये ३ वटा कारागारभित्र छन् । ४ वटा विशेष विद्यालय हुन् । एउटा रात्री विद्यालय र एउटा संस्कृत छन् । रात्री र संस्कृत विद्यालयमा कक्षा ६ देखि मात्र भर्ना गर्ने गरिएको छ । गएको शैक्षिक सत्र २०८० मा करिब ३९ हजार ९५२ जना विद्यार्थीले अध्ययन गरे । यस बर्ष प्रारम्भिक बाल विकास कक्षाहरुमा ५ हजार ५१४ जना, कक्षा १ देखि कक्षा ९ सम्म थप ६ हजार ५६६ जना गरी १२ हजार ८० जना थप विद्यार्थी भर्ना गर्न सकिन्छ । विद्यालयमा उपलब्ध भौतिक संरचना, शैक्षिक सामग्री, शिक्षकको संख्यालगायत सूचकका आधारमा विद्यालयहरुबाट माग गरिएको विवरणका आधारमा यो क्षमता निर्धारण गरिएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले बताए । 

पूर्व प्राथमिक बाल विकास कक्षामा २०८० को शैक्षिक सत्रमा ४ हजार ९२५ जना विद्यार्थीहरुले अध्ययन गरे । यस कक्षामा ५ हजार ५१४ जना विद्यार्थीलाई भर्ना लिने क्षमता छ । गएको बर्ष क्षमतामा पुग्न ७९४ जना कम विद्यार्थी भर्ना भए । यी क्षमतालाई पूर्ण बनाउने यस बर्ष प्रयास हुनेछ ।  


३ हजार ४२९ जना विद्यार्थी अध्ययन गर्ने क्षमतामा गएको बर्ष कक्षा १ मा २ हजार ६५३ जना विद्यार्थीले अध्ययन गरे । यस कक्षको पूर्ण क्षमताका लागि चालु शैक्षिक सत्रमा थप ७७६ जना विद्यार्थी भर्ना हुनुपर्छ ।

गएको बर्ष २ हजार ५७८ जना विद्यार्थीले अध्ययन गरेको कक्षा २ को क्षमता ३ हजार ३२७ जनाको हो । यो कक्षामा शैक्षिक सत्र २०८१ मा ७४९ जना थप विद्यार्थी भर्ना गर्नुपर्छ । २ हजार ६४३ जनाले गएको बर्ष कक्षा ३ मा अध्ययन गरेका थिए । यो कक्षाको क्षमता ३ हजार ३५९ जना हो । कक्षाको पूर्ण क्षमताका प्रयोग गर्न चालु शैक्षिक सत्रमा ७१६ ले बढी विद्यार्थी भर्ना गर्नुपर्छ ।

कक्षा ४ मा गएको बर्ष २ हजार ९६१ जना विद्यार्थीले अध्ययन गरेका थिए । यो कक्षाको क्षमता ३ हजार ६ सय हो । यो कक्षामा ६३९ जना थप विद्यार्थी भर्ना गर्नुपर्छ ।

कक्षा ५ को क्षमता ३ हजार ८ सय हो । गएको बर्ष यस कक्षामा ३ हजार १४४ विद्यार्थीले अध्ययन गरेका थिए । यस कक्षामा थप ६५६ जना विद्यार्थी भर्ना लिन सकिन्छ ।

गएको बर्ष ३ हजार ५४२ जना विद्यार्थीले अध्ययन गरेको कक्षा ६ को क्षमता ४ हजार ४०५ जनाको हो । यस कक्षामा ८६३ जना थप विद्यार्थी भर्ना गर्न सकिन्छ ।

कक्षा ७ को क्षमता ४ हजार ५३८ जनाको हो । यस कक्षामा गएको शैक्षिक सत्रमा ३ हजार ९४४ विद्यार्थीले अध्ययन गरेका थिए । यो बर्ष थप ५९४ जना विद्यार्थी भर्ना हुँदा कक्षा पूर्ण क्षमताको हुन्छ ।


कक्षा ८ को क्षमता ५ हजार २१० जना विद्यार्थीको हो । यस कक्षामा गएको बर्ष ४ हजार ६५१ जना विद्यार्थीले अध्ययन गरेका थिए । यस कक्षामा ५५९ जना थप विद्यार्थीको भर्ना गर्न सकिन्छ ।


कक्षा ९ मा गएको बर्ष ४ हजार ९५८ जना विद्यार्थीले अध्ययन गरेका थिए । यस कक्षाको क्षमता ५ हजार २५६ जनाको हो । यस बर्ष २९८ जना थप विद्यार्थी भर्ना गरे कक्षा पूर्ण क्षमतामा उपयोग हुनेछ ।

कक्षा १० मा गएको बर्ष ३ हजार ९५३ जना विद्यार्थीले अध्ययन गरेका थिए ।

शैक्षिक सत्र २०८१ भर्ना अभियान

शैक्षिक सत्र २०८१ का लागि महानगरपालिकाले बैशाख २ गतेदेखि ७ गतेसम्म ‘करले होइन रहरमा – हाम्रा बालबालिका सामुदायिक विद्यालयमा’ र ‘शैक्षिक रुपान्तरण अभियानमा सिर्जनात्मक सिकाइ, सामुदायिक विद्यालय अभिभावकको पहिलो रोजाइ’ नारासहित भर्ना अभियान गर्ने भएको छ ।

बैशाख ९ गतेबाट कक्षा सञ्चालन हुनेछन् । शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलकाअनुसार भर्ना अगाडि विद्यालयहरुमा पुस्तक, विद्यालय भवन तथा कक्षा कोठाहरुको मर्मत, प्रयोगशालाहरुको व्यवस्थापनका काम भइरहेका छन् ।

शैक्षिक गुणस्तर सुधारका लागि सिकारुहरुलाई तयार र स्वतःस्फूर्त रुपमा सिक्ने क्रियाकलापप्रति लाग्ने वातावरणका लागि महानगरपालिकाले भौतिक संरचनाको सुधार, प्रयोगशालाहरुको उपलब्धता, दिवा खाजाको व्यवस्था गरेको छ । विद्यालय नर्स कार्यक्रमबाट स्वस्थ्य आचरण सुधार तथा विद्यालयमै प्रारम्भिक स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।

प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्म एकीकृत सिकाइ हुनेछ । हरेक शुक्रबार ‘पुस्तकरहित’ कार्यक्रमअन्तर्गत कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ क्रियाकलाप हुनेछन् । कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम नियमित हुनेछन् । विद्यालयका क्रियाकलापहरुलाई सीसीटिभी क्यामराबाट निगरानी गरिनेछ । कक्षा कोठाहरुमा स्मार्ट बोर्डबाट सूचना प्रविधिमा आधारित शिक्षण क्रियाकलाप गरिनेछ ।

शिक्षकको क्षमता बढाउन शिक्षक तालिम सञ्चालन भएका छन् । सहरी योजना आयोगका झाका अनुसार शैक्षिक सुधारका लागि लगानी बढाउँदै लगिएको छ । यस बर्षका लागि करिब २ अर्व ७५ करोड रुपैयाँ बिनियोजित छ । यसमा नियमित ९२ करोड २९ लाख रुपैयाँ, ५० करोड शिक्षातर्फका महानगर गौरव योजनाका लागि, ५ करोड रुपैयाँ स्वर्णिम योजनाका लागि १ अर्व ४७ करोड आन्तरिकतर्फ र संघबाट प्राप्त हुने १ अर्व २७ करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जीबी राईको राहदानी रोक्का गर्न अदालतको आदेश रविको फोटो खिचेका निकोलसविरुद्ध मुद्दा दर्ता, १ लाख जरिवाना र ५ वर्ष कैद माग वैवाहिक बन्धनमा बाँधिइन् गायिका मेलिना राई ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा लाग्यो आगो, चालकको जलेर मृत्यु इमरान खानलाई फेरि सुनाइयो १४ वर्षको जेल सजाय दैलेखबाट नमुना लिएर पेट्रोलियम पदार्थ अन्वेषण टोली चीन फर्कियो बागमतीका मेयर र उपमेयरलाई झुटो वन मुद्दामा फसाउन खोजिएको भन्दै माओवादीको आपत्ति प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक, बैठकपछि संयुक्त पत्रकार सम्मेलन गर्ने माधव नेपाललाई धक्का : समाजवादी प्रेस संगठनका अध्यक्षसहितको टीम प्रेस चौतारीमा प्रवेश मदिराको सेवनले बढाउँछ यी ७ प्रकारका क्यान्सरको जोखिम, पुरुषमा भन्दा महिलामा अझ बढी (नयाँ अध्ययन) भक्तपुरको मनहरा खोलामा भेटियो पुरुषको शव हिजो राजावादी भए पनि मसँग आएपछि मातृभूमि जागरण अभियानका हुन् : भीम रावल दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृहमन्त्रालय उच्च अदालतले सरकारलाई सोध्यो: आशिका तामाङलाई किन थुनेको ? यूके र दुबई पठाइदिन्छु भन्दै १३ जनाबाट करिब ८५ लाख असुल्ने २ जना पक्राउ पहिलेको मुद्दाको सक्कल फाइल फेला नपरेपछि रविसहित १४ जनाविरुद्धको पूरक मुद्दा दर्तामा ढिलाइ १३ वर्षीया बालिकालाई बलात्कार अभियोगमा युवक पक्राउ रुपन्देहीमा कुटपिटबाट एक भारतीय मजदुरको मृत्यु, १९ वर्षीय युवक पक्राउ रास्वपा कार्यवाहक प्रवक्तामा प्रतिभा रावल एमाले छोड्न लागेको हल्ला निराधार : कर्ण थापा