Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महोत्तरीको भंगाहा नगरपालिकामा प्रशासन कै मिलोमतोमा वन र नदी क्षेत्रमा तस्करी

२०८०, ३० चैत्र शुक्रबार १२:१६

चैत ३०, महोत्तरी | -बिशाल बस्नेत | महोत्तरीको भंगाहा नगरपालिकामा व्यापक नदीजन्य पदार्थको दोहन भएको जनगुनासो बढेको छ ।

नदी र वनक्षेत्रमा गहिरा खाल्डा खनेर दोहन हुदा पनि सरोकारवालाहरुले वेवास्ता गरेकोप्रति स्थानियहरुले आक्रोश ब्यक्त गर्न थालेका छन् ।

'रातु नदीको खण्डमा मात्र हैन वनभित्र समेत व्यापक उत्त्खनन भईरहेको छ । तर नगर, वडालाई खवर गर्दा वांहारुले कुनैपनि चासो देखाउनु भएको छैन ।' स्थानीय हिरालाल महतोले भने । 'नदी त सखाप नै वनाएर वातावरण प्रतिकुल असर पर्नेगरी तस्करहरु लागी परेका छन ।'


स्थानीयका अनुसार भंगाहा नगर क्षेत्रमा मात्र १८ वटा क्रसर उधोग छन त्यसमध्ये ९ वटा संचालनरत छन । क्रसरहरुले नै राति-राति अवैध उत्त्खनन गर्ने गरेको र केही ट्याक्टर धनीहरुले समेत उत्त्खननमा सहभागी हुने गरेको स्थानियहरुको दावी छ ।

नगर क्षेत्रमा अवैध उत्त्खनन भईरहेको वडा नं ४ का वडा अध्यक्ष गणेश महतो समेत स्वीकार गर्छन । 'कंयौ पटक हामी रोक्नको लागि खोलामा नै पुगेका छौ  तर उनीहरु टेर्ने अवस्थामा छैनन ।' अध्यक्ष महतोले भने ।'कानुन हातमा लिएर जुन प्रकारको क्रसर र केही व्यापारीहरुले मनोमानी गरेका छन त्यो अत्यन्त दुखद छ ।'  

बान्द्रा र प्रेमनगर विचमा पर्ने जंगल क्षेत्रमा निक्कै भयावह ढंगले दोहन भएको उन्को भनाई छ । जंगल क्षेत्रमा दोहन भएपछी जिल्ला वन कार्यालयलाई समेत जानकारी गराएको वताउदै अध्यक्ष महतोले सरोकारवालाहरुको मौनतामाथी संका उत्पन्न भईरहेको वताएका छन ।

जिल्ला वन कार्यालय प्रमुख सन्तोष झाले भने दोहनको बिषयमा आफुहरु जानकार रहेको र त्यसको बिषयमा स्थलगत अनुगमन समेत गरिसकेको वताएका छन् । प्रमुख झाका अनुसार अनुगमनपछी पनि स्थानीय क्षेत्रवाट जनगुनासो आइरहेको र कतिपयलाई सचेत गराएर पाराम्भिक प्रक्रियामा अगाडी बढीसकेको जनाएका छन् ।

'अघिल्लो पटक अनुगमन गर्दा केही व्यक्तिको निजि जग्गावाट माटो उत्त्खनन गरेको देखिएको थियो । हामीले उनीहरुलाई आईई रिपोर्ट लगायत प्रक्रिया विना उत्त्खनन गर्न नमिल्ने भनेर सचेत गरईसकेका छौ ।' प्रमुख झाले भने ।'नत्र कानुनि प्रक्रियामा अगाडी बढ्नु पर्ने देखिन्छ ।'

नगर क्षेत्रमा भईरहेको अनियन्त्रित दोहनलाई लिएर जिल्ला समन्वय समितिले समेत ध्यानाकर्षण जनाएको छ । कानुनको परिधिमा रहेर काम गर्नेहरुलाई सम्मान गर्ने तर कानुन हातमा लिएर तस्करी गर्ने जोकोही कानुनको भागीदार हुनुपर्ने वताउदै समन्वय समितिका सभापति सुमनलाल कर्णले वन तथा नदी क्षेत्रमा भईरहेको दोहनको बिषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रशासनको भुमिकामाथी संका

स्थानियहरुले प्रशासनको भुमिकामाथी भने प्रश्न उठाएका छन । नजिकमा रहेका प्रहरीहरुलाई खवर गर्दा उल्टै टिपर तथा उत्त्खननस्थलवाट भगाउने गरेको स्थानियाहरुको दावी छ ।

स्थानीय प्रभु महतोले प्रहरीलाई हजारौ पटक खवर गर्दा पनि मौन रहेको वताए । 'म आफैले धेरै पटक प्रहरीलाई भनेको छु तर प्रहरीले उल्टै संरक्षण गरेका छन ।' महतोले भने ।'घर नजिकै छ रातभरी खोला र वन क्षेत्र खन्नेका कारण ठुलो आवाजले सुत्न नै सकिदैन ।'

जिल्ला प्रहरी कार्यालय प्रमुख नकुल पोखरेलले आरोप लगाएजस्तो नभएको वताए । 'हिजो मात्र हामीले अवैध दोहनमा सक्रिय जेसिवी र टिपर पक्राउ गरेका छौ ।' उनले भने । 'यो बिषय समन्वय समितिलाई जानकारी गराएका छौ ।'   

प्रशासनको नै मिलोमतोमा दोहन भईरहेको बिषयलाई अन्य स्थानियहरुले पनि आसंका गरेका छन । त्याहींका स्थानीय राजीव साहले प्रहरीको नै मिलोमतोमा तस्करी भएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ