बैशाख १३, जनकपुरधाम । सर्लाहीको हरिपुर्वा नगरपालिका-५ धोबियाही टोलमा आगलागी भएको छ ।

दिउँसो २: १५ बजे सुरु भएको आगलागीबाट अहिलेसम्म ५ वटा घर जलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार फोहोर जलाउन बालेको आगोबाट आगलागी भएको हो । आगो निभाउन महोत्तरीको सम्सी गाउँपालिका र हरिवनबाट दमकल बोलाइएको छ ।

थप घरमा आगो फैलने सम्भावना नरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।