२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मेलमिलाप केन्द्र स्थापनापछि स्थानिय खुसी

२०७२, ६ फाल्गुन बिहीबार ०२:२७

ताराबहादुर महत, फागुन ६, दोलखा
दोलखाको पवटी  गाविसमा सामुदायिक मेलमिलाप
केन्द्रको उद्घाटन गरीएको छ ।

गाविस सचिव अर्जुन पन्थीले  एक
कार्यक्रमकाबिच हिजो केन्द्रको उद्घाटन गर्र्नुभएको होे । सामुदायिक मेलमिलाप केन्द्र पवटीका संयोजक
शोभित प्रसाद उप्रेतीको  अध्यक्षतामा भएको कार्यक्रममा प्राकृतिक  स्रोत द्वोन्द्व  रुपान्तरण केन्द्र
(एनआरसीटीसी) नेपाल दोलखाका प्रशिक्षक तारा बहादुर महत, नेकपा एमाले पवटीका अध्यक्ष ईश्वर प्रसाद
कोईराला, एकीकृत माओवादी पवटीका ईन्चार्ज गँगा बहादुर कोईराला, नेपाली काङग्रेसका प्रतिनीधी हरी बहादुर
खड्का, सत्यश्वर उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्द प्रसाद उप्रेती, हाम्रो सुर्योदय बचत
तथा ऋण सहकारी संस्था पवटीका अध्यक्ष भवानी प्रसाद ओली, स्वास्थ्य चौकीका प्रतिनिधि सविना पुरी र
स्थानीय बुद्धिजिवि माधव प्रसाद उप्रेति लगायतको मन्तव्य व्यक्त गर्नु भएको थियो ।

समुदायस्तरमा रहेका सामान्य विवादहरुलाई स्थानिय स्तरमै समाधान गरी समुदायमा दिगो
शान्ति कायम गर्ने उद्धेश्यले द एसिया फाउण्डेसनको आर्थिक सहयोगमा प्राकृतिक  स्रोत द्वोन्द्व रुपान्तरण
केन्द्र (एनआरसीटीसी) नेपालले दोलखासहित भुकम्प अति प्रभावित पाँच जिल्लामा सन् २०१५ को सेप्टेम्बर
महिनादेखि सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको छ । केन्द्रले यसअघि दोलखामा करिब दुई दर्जन
मेलमिलाप केन्द्र स्थापना गरी काम शुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ