सागर शर्मा/भदौ २०, प्युठान । एघारौं राष्ट्रिय मानव बेचविखन तथा ओसारपोसार विरुद्धको दिवस आज प्यूठानमा पनि मनाइएको छ । 

दिवसको अवसरमा अबको गन्तव्य "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/भदौ २०, प्युठान । एघारौं राष्ट्रिय मानव बेचविखन तथा ओसारपोसार विरुद्धको दिवस आज प्यूठानमा पनि मनाइएको छ । 

दिवसको अवसरमा अबको गन्तव्य "/>

2026-11-02 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा निवन्ध प्रतियोगिता सम्पन्न


सागर शर्मा/भदौ २०, प्युठान । एघारौं राष्ट्रिय मानव बेचविखन तथा ओसारपोसार विरुद्धको दिवस आज प्यूठानमा पनि मनाइएको छ । 

दिवसको अवसरमा अबको गन्तव्य मानव बेचविखनको अन्त्य विषयक निवन्ध प्रतियोगिता सम्पन्न भएको छ । मल्लरानी गाउँपालिका स्तरीय प्रतियोगितामा प्रथम मल्लरानी आवासिय विद्यालयका इश्मा श्रेष्ठ, द्धित्तिय मल्लरानीकै हिशिमा श्रेष्ठ, तृत्तिय जनजागृति मावि कसेरीका अनिशा केसी र शान्त्वना महेन्द्र मावि खलंगाका दिपा भण्डारी हुनुभएको छ । 

विजयी प्रथमलाई २ हजार, द्धित्तियलाई १ हजार पाँच सय, तृत्तियलाई एक हजार र शान्त्वनालाई ५ सय रुपैया नगद पुरस्कार प्रदान गरिएको छ । 

मानव वेचविखन तथा ओसारपोसार नियन्त्रण जिल्ला समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले मानव बेचविखन हुनबाट बच्न सवै सचेत बन्नुपर्ने बताउनुभयो । 

महिला तथा बालबालिका बेचविखन धेरै हुनेभएकाले उनीहरु बढी सचेत बन्नुपर्ने उहाँको भनाई छ । महेन्द्र मावि खलंगामा भएको प्रतियोगितामा ९ जना विद्यार्थीले भाग लिएका थिए । 

कार्यक्रममा प्रहरी नायव उपरिक्षक राजेन्द्र पोख्रेल, जिल्ला शिक्षा कार्यालय प्यूठानका विद्यालय निरिक्षक मनिराम पराजुली, महिला तथा बालबालिका कार्यालय प्यूठानका महिला विकास निरिक्षक माया श्रेष्ठ, शिक्षक, विद्यार्थीको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द