Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्युठानमा निवन्ध प्रतियोगिता सम्पन्न

By kit 3 मिनेट पढाइ

सागर शर्मा/भदौ २०, प्युठान । एघारौं राष्ट्रिय मानव बेचविखन तथा ओसारपोसार विरुद्धको दिवस आज प्यूठानमा पनि मनाइएको छ ।

दिवसको अवसरमा अबको गन्तव्य मानव बेचविखनको अन्त्य विषयक निवन्ध प्रतियोगिता सम्पन्न भएको छ । मल्लरानी गाउँपालिका स्तरीय प्रतियोगितामा प्रथम मल्लरानी आवासिय विद्यालयका इश्मा श्रेष्ठ, द्धित्तिय मल्लरानीकै हिशिमा श्रेष्ठ, तृत्तिय जनजागृति मावि कसेरीका अनिशा केसी र शान्त्वना महेन्द्र मावि खलंगाका दिपा भण्डारी हुनुभएको छ ।

विजयी प्रथमलाई २ हजार, द्धित्तियलाई १ हजार पाँच सय, तृत्तियलाई एक हजार र शान्त्वनालाई ५ सय रुपैया नगद पुरस्कार प्रदान गरिएको छ ।

मानव वेचविखन तथा ओसारपोसार नियन्त्रण जिल्ला समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले मानव बेचविखन हुनबाट बच्न सवै सचेत बन्नुपर्ने बताउनुभयो ।

महिला तथा बालबालिका बेचविखन धेरै हुनेभएकाले उनीहरु बढी सचेत बन्नुपर्ने उहाँको भनाई छ । महेन्द्र मावि खलंगामा भएको प्रतियोगितामा ९ जना विद्यार्थीले भाग लिएका थिए ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक राजेन्द्र पोख्रेल, जिल्ला शिक्षा कार्यालय प्यूठानका विद्यालय निरिक्षक मनिराम पराजुली, महिला तथा बालबालिका कार्यालय प्यूठानका महिला विकास निरिक्षक माया श्रेष्ठ, शिक्षक, विद्यार्थीको उपस्थिती थियो ।