२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

२०८१, ३ जेष्ठ बिहीबार ०५:३७

जेठ ३, काठमाडौँ | भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सुनिल क्षेत्रीले भारतका लागि अन्तिम खेल ६ जुनमा कुवेतसँग खेल्नेछन् ।

सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनिल क्षेत्रीले आफ्नो सन्यासको जानकारी दिएका हुन् ।

सुनिल क्षेत्रीले भने, ‘देशका लागि पहिलो पटक खेल्ने मौका पाएको दिन म कहिल्यै बिर्सन सक्दिन । म्याचअघि राष्ट्रिय टोलीका प्रशिक्षक सुकी सर मसँग आएर आफ्नो यात्रा सुरु गर्न लागेका हुन् भन्नुभयो । म त्यो भावना बिर्सन सक्दिन ।'


४० वर्षका सुनिल क्षेत्रीले भारतका लागि १२ जुन २००५ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका थिए । सुनिल क्षेत्रीले पनि पहिलो खेलमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

सुनिल क्षेत्री १५० खेलमा ९४ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डो (२०५ खेलमा १२८ गोल) र मेस्सी (१८० खेलमा १०६ गोल) पछि क्षेत्रीले सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

भारतका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि सुनिल क्षेत्री हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा