जेठ ८, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा १ जना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत फेला पर्नेमा भक्तपुर नगरपालिका–७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी हुन् ।

नगरकोटीको शव मंगलबार बिहान कालो कपडाले मुख छोपेको अवस्थामा फेला परेको थियो ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनका छोरालाई फर्पिङमा घाइते अवस्थामा फेला पारेको छ ।

यस्तै प्रहरीले उनकी छोरीलाई पनि बबरमहलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार घटना रहस्यमय देखिएकाले थप अनुसन्धान भइरहेको जानकारी दिए ।

मृतकका छोरा घाइते अवस्थामा भेटिनुले थप आशंका बढाएको उनको भनाइ छ ।

मंगलबार बिहान थलीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।