2026-09-12 11:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

छोरा जोगाउन खोज्दा आमाको मृत्यु

वैशाख १, सप्तरी | लकडाउन उल्लंघनका विषयमा सप्तरीमा प्रहरीसँगको विवादका क्रममा बेहोश भएर ढलेकी एक महिलाको आज मृत्यु भएको छ । प्रहरीको कुटाइबाट छोरा जोगाउन जाँदा बेहोश भएकी सप्तरी, खड्ग नगरपालिका–६ वीरपुरकी ६५ वर्षीया जैनब कुजर्नीको मृत्यु भएको हो । 

वीरपुरमा समूह बनाएर बसेका गाउँलेलाई घरभित्र पठाइरहेको प्रहरीले लकडाउन उल्लंघन गर्दै ट्रयाक्टर चलाएका नसिम अन्सारीमाथि लाठीचार्ज गरेपछि जोगाउन गएकी उहाँकी आमा जैनब बेहोस भएर ढल्नुभएको प्रत्यक्षदर्शीले बताए । नसिम घरका लागि ट्रयाक्टरबाट बालुवा ल्याइरहेका थिए ।

ट्रयाक्टर नचलाउन भन्दा विवाद गरेपछि लाठीचार्ज गरेको प्रहरीलाई रोक्न उहाँकी आमा पुग्नुभएको थियो । सोही क्रममा उच्च रक्तचाप र दमकी बिरामी जैनब बेहोश भएर ढलेपछि  कल्याणपुरस्थित एडभान्स अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइँदा चिकित्सकले मृत घोषणा गरेका छन् । 

अस्पतालमा भेटिएका मृतकका जेठा छोरा अब्दुला र माहिला छोरा नइम कमरले आमा उच्च रक्तचाप र दमको रोगी रहेको र उहाँले नियमित औषधि सेवन गरिरहेको बताउनुभयो । कान्छा छोरा नसिमलाई प्रहरीले लाठीले कुट्न थालेपछि जोगाउन गएकी आमा ढलेर बेहोश भएको र अस्पताल ल्याउँदा मृत्यु भइसकेको अब्दुलाले बताउनुभयो ।

प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा खटिएको टोलीले घरबाट बाहिर सडकमा बसिरहेका मानिसलाई सम्झाइरहेका बेला उच्च रक्तचापका कारण उनी जमीनमा ढलेर बेहोश भएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन