2026-11-02 02:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

छोरा जोगाउन खोज्दा आमाको मृत्यु

वैशाख १, सप्तरी | लकडाउन उल्लंघनका विषयमा सप्तरीमा प्रहरीसँगको विवादका क्रममा बेहोश भएर ढलेकी एक महिलाको आज मृत्यु भएको छ । प्रहरीको कुटाइबाट छोरा जोगाउन जाँदा बेहोश भएकी सप्तरी, खड्ग नगरपालिका–६ वीरपुरकी ६५ वर्षीया जैनब कुजर्नीको मृत्यु भएको हो । 

वीरपुरमा समूह बनाएर बसेका गाउँलेलाई घरभित्र पठाइरहेको प्रहरीले लकडाउन उल्लंघन गर्दै ट्रयाक्टर चलाएका नसिम अन्सारीमाथि लाठीचार्ज गरेपछि जोगाउन गएकी उहाँकी आमा जैनब बेहोस भएर ढल्नुभएको प्रत्यक्षदर्शीले बताए । नसिम घरका लागि ट्रयाक्टरबाट बालुवा ल्याइरहेका थिए ।

ट्रयाक्टर नचलाउन भन्दा विवाद गरेपछि लाठीचार्ज गरेको प्रहरीलाई रोक्न उहाँकी आमा पुग्नुभएको थियो । सोही क्रममा उच्च रक्तचाप र दमकी बिरामी जैनब बेहोश भएर ढलेपछि  कल्याणपुरस्थित एडभान्स अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइँदा चिकित्सकले मृत घोषणा गरेका छन् । 

अस्पतालमा भेटिएका मृतकका जेठा छोरा अब्दुला र माहिला छोरा नइम कमरले आमा उच्च रक्तचाप र दमको रोगी रहेको र उहाँले नियमित औषधि सेवन गरिरहेको बताउनुभयो । कान्छा छोरा नसिमलाई प्रहरीले लाठीले कुट्न थालेपछि जोगाउन गएकी आमा ढलेर बेहोश भएको र अस्पताल ल्याउँदा मृत्यु भइसकेको अब्दुलाले बताउनुभयो ।

प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा खटिएको टोलीले घरबाट बाहिर सडकमा बसिरहेका मानिसलाई सम्झाइरहेका बेला उच्च रक्तचापका कारण उनी जमीनमा ढलेर बेहोश भएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द