सागर शर्मा/साउन २८, प्युठान । कालिका विकास केन्द्र नेपाल विजुवार प्यूठानको आज ३५ औं वार्षिक साधारण सभा तथा १५ अधिवेशन सम्पन्न भएको छ । 

माननिय जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/साउन २८, प्युठान । कालिका विकास केन्द्र नेपाल विजुवार प्यूठानको आज ३५ औं वार्षिक साधारण सभा तथा १५ अधिवेशन सम्पन्न भएको छ । 

माननिय जि"/>

2026-11-02 04:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको कालिका विकास केन्द्रले मनायो ३५औं साधारण सभा


सागर शर्मा/साउन २८, प्युठान । कालिका विकास केन्द्र नेपाल विजुवार प्यूठानको आज ३५ औं वार्षिक साधारण सभा तथा १५ अधिवेशन सम्पन्न भएको छ । 

माननिय जिल्ला न्यायधिस बासुदेव न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विगत एक वर्षको कार्यपत्र पस्तुत गर्दै आगामी प्रस्ताव पारित गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला न्यायधिस एवं कार्यक्रमका प्रमुख अतिथि बासुदेव न्यौपानेले सवै गैर सहकारी संस्थाले सामाजिक अभियानमा हातेमालो गर्दै अगाडि बढ्नु पर्ने बताए । 

कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपति, उपप्रमुख शान्ता आचार्य,  स्वर्गद्धारी नगरपालिका प्रमुख नेत्र रोकाय, नोपल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष महावीर राना लगायतका वक्ताहरुले लामो पृष्ठ भुमि बोकेको कालिका विकास केन्द्र नेपालले जिल्लाको आर्थिक गतिविधिका साथै सामाजिक रुपान्तरणको अभियानमा उलेख्य भुमिका खेलेका चर्चा गरेका थिए । 

संस्थाका सचिव सिता श्रेष्ठको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमका महासचिव सतन श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण कर्मचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  संस्थाका अध्यक्ष भगत कर्मचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक राजराज भण्डारीले गरेका थिए  । 

त्यस्तै, उक्त साधारण सभाले जिल्लाको विकासका क्षेत्रमा उल्लेख्य भुमिका खेल्दै आएका विभिन्न व्यक्ति तथा व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । 

यस अनुसार हालै सम्पन्न स्थानिय तह निर्वाचनबाट निर्वाचित प्यूठान नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु र जिल्लाका अन्य स्थानिय तहका पदाधिकारीहरुलाई समेत बधाइ तथा सम्मान गरेको छ । 

साथै पत्रकारिता क्षेत्रमा उल्लेख्य भुमिका खेलेवापत  हाम्रो एकता साप्ताहिका कार्यकारी सम्पादक राधिका भुसाल र  काव्यसाहित्य क्षेत्रमा कलम चलाउदै आएका हाम्रो एकता साप्ताहिकका स्तम्भकार लिला पुनलाई नगद राशी सहित पुरस्कृत गरेको छ । 

 संस्थागत विकासमा योगदान पु¥याएका कालिका विकास केन्द्र नेपाल विजुवार प्यूठानका कार्यकारी निर्देशक राजेन्द्रराज भण्राडीलाई पनि सम्मान गरेको थियो । त्यसै बीच इस.इ.इ.मा जिल्लाबाट उत्कृट अकं ल्याएका एक छात्रा र एक छात्र त्यस्तै जिल्लाको उत्कृत युवा क्लल, सामुदयीक संस्थालाई समेत नगद राशीका पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरेका छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द