असार २६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई यही २८ असारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आज सो ह्विप जारी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।

एमालेले ह्विप जारी गर्दै उक्त दिनको बैठकमा आफ्नो पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन पनि दिएको छ ।