2026-09-19 03:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

ज्येष्ठ नागरिकलाई सम्मानको आवश्यकता

दिनेश ठकुल्ला/माघ २६, धनगढी । ज्येष्ठ नागरिकलाई सामाजिक र पारिवारिक सम्मानको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । 

धनगढीमा आज भएको ज्येष्ठ नागरिक संघ कैलालीको चौथो साधारण सभाको उद्घाटनमा बोल्ने वक्ताहरुले ज्येष्ठ नागरिकलाई सम्मान र पारिवारिक स्नेह आवश्यक रहेको बताएका हुन । ज्येष्ठ नागरिकलाई परिवारबाटै हेयको दृष्टिले हेर्ने प्रवृति बढेको भन्दै वक्ताहरुले यस्तो प्रवृति हटाउनु सबैको दायित्व भएको बताएका छन् । 

महिला तथा बालबालिका कार्यालय कैलालीका प्रमुख पूजा काफ्लेले ज्येष्ठ नागरिक राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई राज्यले दिने सेवा, सुविधामा वृद्धि गर्नुपर्ने बताउनुभयो । 

जेष्ठ नागरिक अनुभवका खानी भएकाले उनीहरुको अनुभवनको फाईदा लिनुपर्ने र राज्यले नै उनीहरुको सेवा सुविधा अभिवृद्धि गर्नुपर्ने जानकी–यज्ञ जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष निरन्जन कुमार रिमालले बताउनुभयो । ज्येष्ठ नागरिकले घरबाटै घृणा र तिरस्कार सहनु परेको भन्दै उहाँले यस्ता प्रवृति विरुद्ध ज्येष्ठ नागरिकनै एकजुट हुनुपर्ने धारणा राख्नुभयो । 

सूर्योदय मार्गदर्शन समाज फूलबारीका अध्यक्ष अग्नीप्रसाद तिवारीले वृद्धावस्थामा समय बिताउन र व्यस्त रहन ज्येष्ठ नागरिकलाई सीपमुलक तालिमको आवश्यकता रहेको बताउनुभयो । ज्येष्ठ नागरिकलाई राज्यले निशुल्क औषधी उपचारको व्यवस्था गरे पनि सहज रुपमा पाउन नसकिएको उहाँले उल्लेख गर्नुभयो । 

नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य तथा सुदूपश्चिम संयोजक चक्रबहादुर सिंहले ज्येष्ठ नागरिकले पनि परिवारलाई स्नेह दिन सक्नुपर्ने बताउनुभयो । अधिकाशंमा ज्येष्ठ नागरिक भइसकेपछि हिनताबोधको भावना सिर्जना हुने गरेको भन्दै उहाले व्यस्त रहेर त्यो धारणा हटाउन सकिने उल्लेख गर्नुभयो । 

फाया नेपाल कैलालीका निर्देशक धर्मराज पाठकले ज्येष्ठ नागरिकको सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकले समाज र देशका लागि ठूलो योगदान पु¥याएकाले वृद्धावस्थामा उनीहरुको सम्मान आवश्यक रहेको उहाँको भनाइ थियो । २०६८ जनगणना अनुसार नेपालमा ८ प्रतिशत जनसंख्या अर्थात ६० लाख जेष्ठ नागरिक रहेका छन् । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका सभापति उत्तम जोशीले जेष्ठ नागरिकलाई सामाजिक संघसंस्थाहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । साधारण सभाको उद्घाटन सत्रमा विभिन्न क्षेत्रमा आवद्ध रहेर योगदान पु¥याएवाफत २ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । 

समाजसेवी बद्रीनाथ भण्डारी र देवकीदेवी अवस्थीलाई सम्मान गरिएको हो । कार्यक्रममा संघका सचिव गणेश बहादुर खड्काले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मान बहादुर बमले आय–व्यय विवरण प्रस्तुत गर्नु भएको थियो । संघका जिल्ला अध्यक्ष दिव्यप्रशाद पन्तको सभापतित्वमा भएको उद्घाटन सत्रमा संघका सदस्य दिर्घराज जोशीले स्वागत र सचिव गणेश खड्काले संचालन गरेका गर्नु भएको थियो । साधारणसभाले संघको जिल्ला अध्यक्षमा दिव्यप्रसाद पन्तलाई पुनः चयन गरेको छ । 

पन्तको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो । समितिको उपाध्यक्षमा निरन्जन कुमार रिमाल, सचिवमा पुनः गणेश बहादुर खड्का, कोषाध्यक्षमा पुनः मानबहादुर बम चयन भएका छन् । यस्तै सदस्यहरुमा सुर्यमाया श्रेष्ठ, धनबहादुर चौधरी, कुलबहादुर हमाल, भोजबहादुर जोशी, लिलाधर जोशी र  बाबुराम रिजाल चयन हुनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई