जब माधव नेपालले प्रधानमन्त्री ओलीलाई संसद्‍मा देखेनन्

साझासवाल
1 Min Read

साउन ६,  काठमाडौँ । आफूले बोल्ने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् बैठकमा नदेखेपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रिसाएका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि डाकिएको प्रतिनिधिसभाको बैठकलाई नेपालले सम्बोधन गरेका हुन्।

सम्बोधनको सुरुमै आफूले प्रधानमन्त्री ओलीलाई संसद्‍मा नदेखेपछि अरुको कुरा सुन्ने धैर्यता देखाउन नेपालले भने । ओलीले विगतका घटनामा आत्मसमीक्षा गर्नुपर्ने बताउँदै नेपालले तिनमा आत्मालोचना गर्नसमेत सुझाए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले ओलीलाई बधाईसमेत दिए ।  ‘ओली अहिले संसद् हलबाट बेपत्ता हुनुभयो । उहाँको उपस्थिति यहाँ आवश्यक थियो । तर उहाँले अरूका बचन सुन्न आवश्यक नठान्नु भएको होला ? मेरा पनि धुनहरू कर्णप्रिय नै होलान्’, उनले भने ।

नेपालले ओलीको विगत सम्झाउँदै २०७८ असार २८ को बर्हिगमन सम्झिन भनेका छन् ।  ‘ओली जी तपाई हुन दिन सत्ताबाट आउट हुनुभएको थियो । त्यही दिन दिन इन हुनु भएको छ । बोलेको कुरा पुरा गर्नुभएन । जनता उत्साहित छैनन् । विगतबारे समीक्षा गर्न सामान्य अनुरोध गर्छु । नेतामा विश्वसनीयता र इमानदारता हुनुपर्छ । अहिलेसम्मको अनुभवबाट तपाईँले कस्तो शिक्षा लिनुभएको छ’, उनले भने ।

नेपालले दुईतिहाइको वाम सरकार ढालेको विषयमा पनि गम्भीर हुन ओ‌लीलाई भने । उनले भने, ‘बहुमतको सरकार किन टिकाउन सक्नु भएन ?’, यसको उत्तर आवश्यक छ ।

Share This Article
Leave a Comment

Leave a Reply