![]()
![]()
राष्ट्रपतिले गाडी किन्नका लागि १६ करोड रुपैयाँ माग गरेको भन्दै फेसबुकमा राष्ट्रपतिलाई गालीगलौज गर्ने कपिलवस्तुको तौलिहवामा रहेको रेडियोका स्टेशन म्यानेजर सोनुकुमार सुनारलाई बुधबार रेडियो कार्यालय अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो ।
सुनारमाथि साइबर क्राइम अन्तर्गत अनुसन्धान गर्न सिआइबीले काठमाडौं झिकाएको बताइएको छ । उनलाई आजै अदालत पेश गरी म्याद थप गरेर अनुसन्धान गर्ने सिआइबीले जनाएको छ ।


