२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा बहुमुखी क्याम्पसमा २ महिना पछि तालाबन्दि खुल्यो

१४ बैशाख २०७३, मंगलवार १२:१४

ललित बोहरा, बैशाख १४, डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले गरेको तालाबन्दी २ महिना पछि मंङगलबार खुलेको छ ।

campus

आन्दोलनरत पाचँ बिद्यार्थी संगठनहरुले राखेको ७ बुदे माग पुरा गर्न क्याम्पस संग सम्झौता भएपछि ताला खोलिएको क्याम्पस बचाउ अभियानका संयोजक तथा अनेरास्ववियु डडेल्धुराका उपाध्क्षयले बताए । त्रिभुवन विश्वविद्यालयको सबैभन्दा कान्छो आंगिक क्याम्पस डडेल्धुरा बहुमुखी क्याम्पसमा तालाबन्दी भएपछि महिनौँ देखि पठन–पाठन लगायतका सबै काम–काजहरु ठप्प भएका थिए ।

नेपाली काग्रेंस निकट केही कर्मचारी बिना सुचना, बिज्ञापन ,प्रकाशीत नगरी भर्ना गरेको, शिक्षकले २० पुर्णाकमा ४० नम्बर बिद्यार्थीलाई दिएको , लेखासाखाबाट नै १लाख ६० हजार चोरी भएको, कर्मचारीले यो क्याम्पसमा पढाई हुदैन यहाँ भर्ना नगर्नुस भने जस्ता अभिब्यक्ती,क्याम्पस प्रमुखलाई रकम नै नलेखेको चेकमा हस्ताक्षर गराउनु लगायतका अबैध क्रियाकपाको बिरुद्ध तालाबन्दी भएको थियो ।

क्याम्पस प्रमूख नेत्र प्रसाद पनेरुले आन्दोलित बिद्यार्थी सघंहरुका मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि ताला खोलिएको हो । क्याम्पस प्रमुखको स्वेच्छाचारी प्रवृत्तिले शैक्षिक वातावरण खस्किदै गएको भन्दै विद्यार्थी संगठनहरुले गत फागुन २१ गते देखि तालाबन्दी गरेका थिए ।

क्याम्पसबाट पास गरेर गएका बिद्यार्थीहरुले चारित्रिक प्रमाण–पत्र पाउन नसकेको, रजिष्ट्रेसन फारम भर्न नपाएको र सञ्चालन हुन लागेका बिभिन्न तहका परिक्षाहरु समेत प्रभावित हुन लागेको भन्दै बिद्यार्थी संगठनहरुले आज ताला खोलेका हुन । क्याम्पसमा अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु छैंटौं र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त निर्णयले तालाबन्दी खोलेका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा फाँसी उत्पीडित समुदायको राजनीतिक, आ‘र्थिक र सामाजिक विकास हुनुपर्छ मधेस प्रदेशसभा बैठक अवरुद्ध पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन एक करोड २५ लाखमा बन्यो वडाको प्रशासकीय भवन सरकारको नयाँ विधेयक: राष्ट्रपति–प्रधानमन्त्रीले उपहार लिन नपाउने, लिए कारबाही हुने देशमा हामीले कति विकास गरेकाछौ भनेर आफ्ना अग्रज र अभिभावकहरूसँग ज्ञान लिन सकिन्छ : उपप्रधानमन्त्री सिंह भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ कांग्रेसको अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक अब टिभीमै कम्प्युटर चलाउने सुविधा,इन्टरनेट कनेक्शन र सेट-टप बक्स भए पुग्छ