By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    8 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    11 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    12 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    12 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    15 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    15 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मौसमी सूचना प्रणालीलाई आधुनिकीकरण गर्न राडार जडान
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > मौसमी सूचना प्रणालीलाई आधुनिकीकरण गर्न राडार जडान
काठमाडौँ - KTMसमाज

मौसमी सूचना प्रणालीलाई आधुनिकीकरण गर्न राडार जडान

साझासवाल
Last updated: January 12, 2018 5:58 am
साझासवाल
5 Min Read
Share

 सिवी अधिकारी | पुस २८  काठमाडौँ,(रासस)  । मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया शुरु गरेको छ । 

विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गर्न थालेको हो । मौसमी प्रणालीलाई आधुनिकीकरण गर्न तीनवटा मौसमी राडार जडानको प्रक्रिया शुरु भइसकेको विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिनुभयो । 

सुर्खेतको रातानाङ्ला, पाल्पाको सिद्धिकोट र उदयपुरको नामेटारमा मौसमी राडार राखिनेछ । हाल अनुमानित मौसमी विश्लेषण हुँदै आएकामा राडार जडानपछि वास्तविक सूचना पाउन सकिनेछ । 

“सुर्खेतमा मौसमी राडारको काम अघि बढिसकेको छ । सम्झौता भइसकेकाले अब करिब पाँच महिनाभित्र राडार पनि आइपुग्छ । बाँकी दुई ठाउँ पाल्पा र उदयपुरमा राडार राख्नका लागि जग्गा प्राप्ति भई टेण्डर प्रक्रिया अघि बढेको र केही हप्तापछि सबै प्रक्रिया टुंगिन्छ,” उहाँले भन्नुभयो । राडारका लागि एशियाली विकास बैंकको जलवायु प्रकोप समुत्थान निर्माणअन्तर्गत आर्थिक सहयोग रहेको छ भने बाँकी नेपाल सरकारले बेहोर्नेछ । 

मौसमी सूचना प्रणालीको अत्याधुनिक उपकरण राडार राखेपछि समयमै सही सूचना सहज रुपमा प्राप्त हुनेछ, यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप – बाढी, पहिरो आदि घटनालाई न्यूनीकरण गर्न सहयोग पुग्ने महानिर्देशक शर्माको भनाइ छ । राडारले नेपालभरिको मौसमी सूचना स्वचालित (अटोमेटिक) रुपमा संकलन गरी वास्तविक समयसहित जानकारी दिन्छ । एक राडारको पूर्वाधारसहित करिब रु २४ करोड पर्छ । 

के गर्छ मौसमी राडरले ?

महानिर्देशक शर्माका अनुसार राडारले नेपालको आकासमा वायुमण्डल वरिपरि घुमेर तस्बीर खिच्छ । पहाडको उच्च भेगमा राखिने राडारले नेपालको वायुमण्डलको सबै भू–भागमा वास्तविक समयमा तस्बीर खिचेर पठाउँछ । त्यस आधारमा वायुमण्डलमा कस्तो खालको बादल छ । पानी, असिना, हिमपात पार्ने बादल हो कि होइन, कति परेको छ र कति समयदेखि त्यो बादल छ, भनेर थाहा पाउन सकिन्छ । यस्ता सूचनाका आधारमा तत्कालको मौसमी पूर्वानुमान गर्न यो प्रणालीले सहज हुन्छ । 

राडारले वास्तविक अनुमान गर्छ । यसले कुनै पूर्वानुमान नगरी जे देखिन्छ, त्यही बताउँछ । उदाहरणका लागि कुनै बादल बनिरहेको छ भने त्यो बादलभित्र के छ, पानी, हिउँका कस्ता कण छन् । असिना पर्ने बादल हो कि त्यो सूचना दिन्छ । त्यसका आधारमा मौसम विभागले केही घण्टा पहिले नै यो ठाउँमा बादल देखिएको छ र यतिखेर पानी पर्छ भनेर सूचना दिन्छ । 

अठासी वटा मौसम मापन केन्द्र जडान हुँदै 

मौसम पूर्वानुमान गर्नका लागि चालु आवको असार मसान्तसम्म ८८ वटा स्वचालित मौसम मापन केन्द्र जडान गरिसक्ने विभागले जनाएको छ । अहिले ३० वटा स्वचालित यन्त्र जडान भएका छन् जसको विवरणमा मौसमसम्बन्धी जानकारी दिइन्छ । मौसम विभागमा अहिले जम्मा २२ जना मौसमविद् छन् । देशभर तापक्रम नाप्ने यन्त्र १५०, वर्षा नाप्ने ५०० र स्वचालित मौसम मापन प्रणाली ३० स्थानमा छन् । 

फागुनमा पहिलो मौसमी बेलुन उड्ने

 

मौसम पूर्वानुमानलाई थप परिष्कृत गर्न विभाग लागिपरेको छ । अहिले विश्वको विवरण (डाटा) प्रयोग भइरहेको मौसम पूर्वानुमानलाई अब भने नेपालको डाटा पनि प्रयोग गरेर पूर्वानुमान गरिनेछ । अहिले जमिनमा राखिएका स्वचालित केन्द्रको रेकर्ड डाटाले मात्र पुग्दैन । “अहिलेसम्म माथिल्लो वायुमण्डलको कस्तो मौसमी गतिविधि छन् भनेर डाटा लिन सकेका छैनाँै । आगामी फागुन महिनाभित्र कीर्तिपुरको डाँडाबाट पहिलोपटक मौसम मापन गर्ने ‘मौसमी बेलुन’ उडाउने तयारी गरिएको छ,” महानिर्देशक शर्माले बताउनुभयो । 

यसले माथिल्लो वायुमण्डलको मौसमी विवरण लिन सहज हुन्छ । बेलुनमा हाइड्रोजन ग्यास छोडिन्छ, बेलुन जति माथि जान्छ, त्यहाँको तापक्रम सापेक्षिक आद्रताको अवस्था हावाको गति कुन दिशातिर बहेको छ भनेर तल जमिनको रिसिभिङ स्टेशनमा पठाउँछ । तर, यसका लागि मौसम विभागले छुट्टै कम्प्युटर प्रणाली विकास गर्र्नुपर्ने हुन्छ । विवरण राख्न शक्तिशाली कम्प्युटर चाहिन्छ । नेपालमा पहिलो पटक सुपर कम्प्युटर (हाई पावर कम्प्युटिङ) खरिदका लागि टेण्डर गरिसकेको विभागले जनाएको छ । एक वर्षभित्र सबै काम सकेर नेपालको मौसमी प्रणालीलाई विश्वका विकशित मुलुकको हाराहारीमा पु¥याउन सकिन्छ । 

चट्याङसम्बन्धी सञ्जाल निर्माण 

मौसम विभागले प्राकृतिक प्रकोपको दुर्घटनाका रुपमा लिइने चट्याङ कहाँ, कस्तो र कहिले पर्दैछ भन्ने पूर्वजानकारी दिने उद्देश्यले पहिलो पटक चट्याङ सम्बन्धी सञ्जाल निर्माण गर्ने भएको छ । यो काम अहिले लगभग सकिएको छ । परामर्शदाता कम्पनीले अबको तीन महिनाभित्र सबै तथ्यांक विभागलाई बुझाएपछि चट्याङसम्बन्धी अनुगमन तथा केही समयपछि पूर्वानुमान गर्न सकिने महानिर्देशक शर्माको भनाइ छ । 

––– 

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेपाली काग्रेसका नेता माझीको निधन,
Next Article छोटो अवधिमै रु ४४ लाखको कारोबार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

आजको बिदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस

57 years ago
काठमाडौँ - KTMसमाज

मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउन चाहँदैनन् ओली

57 years ago
काठमाडौँ - KTMरौतहट - RTHसमाज

रौतहटमा चिताबाटै एक महिलाको शव बरामद, यस्तो छ कारण

57 years ago
समाज

दाङमा ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार, २ जनालाई पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?