५ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपतिमा दाहसंस्कारका लागि वार्षिक बीस लाख केजी दाउरा खपत

८ माघ २०७४, सोमबार ०८:२६

अच्युत रेग्मी /माघ ८, काठमाडौँ  | पशुपति आर्यघाटमा दाहसंस्कार गर्न वार्षिक २० लाख किलोग्रामको हाराहारी दाउरा खपत हुने गरेको छ । 

मृतकको दाहसंस्कार गर्न दाउरा उपलब्ध गराउँदै आएको द टिम्बर कर्पोरेशन अफ नेपालले दिएको जानकारीअनुसार झण्डै वार्षिक रु दुई करोड मूल्यबराबरको दाउरा खपत हुँदै आएको हो । 

टिम्बरले चुरे क्षेत्रका काठ काट्दा निस्केको दाउरा पशुपतिको दाहसंस्कारमा प्रयोग गरिन्छ । कर्पोरेशनका महाप्रबन्धक राजु लौडारी मासिक झण्डै एक लाख ७० हजारदेखि दुई लाख केजीसम्म दाउरा खपत हुने बताउनहुन्छ । “जाडो याममा मानिस धेरै मर्ने भएकाले त्यो समयमा धेरै दाउरा खपत हुन्छ,” – उहाँ भन्नुहुन्छ । 

कर्पोरेशनले दाहसंस्कारका लागि सहुलियत दरमा दाउरा उपलब्ध गराउँदै आएको छ । धार्मिक र अन्य प्रयोजनका लागि प्रतिकिलो रु १३ का लागि दाउरा उपलब्ध गराउँदै आएको कर्पोरेशनले दाहसंस्कारका लागि भने प्रतिकिलो रु १० मा दाउरा उपलब्ध गराउँदै आएको हो । 

कर्पोरेशनले दिएको जानकारीअनुसार आव २०७१÷७२ मा २२ लाख ७२ हजार, आव २०७२÷७३ मा २८ लाख १५ हजार ४०० र आव २०७३÷७४ मा १६ लाख ८८ हजार ४०० केजी दाउरा खपत भएको छ । 

यो आवको साउनमा एक लाख ८० हजार ८८२, भदौ एक लाख ४५ हजार ८८३, असोज एक लाख ८१ हजार १३०, कात्तिक एक लाख ७९ हजार १८०, मंसिर दुई लाख ४७ हजार ६२० र पुसमा दुई लाख २२ हजार २५० केजी दाउरा खपत भएको कर्पोरेशनले जनाएको छ । “विद्युतीय शवदाह गृहको प्रयोगका कारण पछिल्लो आवमा पहिलेको तुलनामा कम दाउरा खपत भएको छ,”– महाप्रबन्धक लौडारी भन्नुहुन्छ । 

दाहसंस्कारका लागि प्रयोग हुने दाउरा केही व्यक्तिले धार्मिक प्रयोजनका लागि समेत लाने गरेका छन् । एक मृतकको दाहसंस्कारका लागि सामान्य २५० देखि ३०० केजी दाउरा खपत हुँदै आएको छ । मानिसको साइजअनुसार कसै कसैलाई ३५० देखि ४०० केजीे लाग्ने गरेको छ । पशुपतिको विशिष्ट दाहसंस्कार कक्षमा भने अनिवार्य रुपमा ३०० केजी दाउरा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । 

पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक राजुकुमार रेग्मी पशुपतिमा मासिक ८०० को हाराहारीमा लास दाहसंस्कारका लागि आउने गरेको बताउनुहुन्छ । “दाहसंस्कारका लागि आएका लासमध्ये आधाजसो विद्युतीय शवदाह गृहमा जलाइने गरेको छ,”– उहाँ भन्नुहुन्छ । 

विसं २०७२ माघ १० देखि सञ्चालनमा आएको विद्युतीय शवदाह गृहमा दैनिक १२ देखि १५ लास दाहसंस्कार हुने गरेको उपनिर्देशक रेग्मी बताउनुहुन्छ । विद्युतीय शवदाह गृहको प्रयोगसँगै मासिक एक लाख २० हजार केजी दाउरा बचत हुँदै आएको छ । दुईवटा शवदाह गृह रहेको वनकालीमा पालोपालो दाहसंस्कारको व्यवस्था मिलाइएको कोषले जनाएको छ । 

विद्युतीय शवदाह गृहमा एउटा लास पोल्न ४५ मिनेटदेखि एक घण्टासम्म र दाउरामा दुईदेखि तीन घण्टा लाग्ने गरेको छ । विद्युतीय शवदाह गृहको माग बढेसँगै कोषले एक मेशिन थप गर्न लागेको उपनिर्देशक रेग्मीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईई बहिष्कार गर्ने मधेश प्रदेश सरकारको निर्णय प्रहरी कार्यालयनजिकै युवकमाथि खुकुरी प्रहार आर्थिक सहयोग नरोकिदिन अमेरिकी सरकारसँग मन्त्री राणाको आग्रह प्रचण्ड र उनको परिवारको कारणले गणतन्त्रको अन्त्य हुन्छः ज्ञानबहादुर शाही पाटन क्याम्पसको लफडामा ३ जना घाइते- नेविसंघले गुण्डा लगाएको अनेरास्ववियुको आरोप युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न परराष्ट्रमन्त्रीको आग्रह पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा मेसीले विश्वकप छनोटका दुई खेल गुमाउने पोखरा बेलुन विस्फोट घटना : छानविन समितिले बुझायो प्रतिवेदन नौ वर्षअघि बरामद भएको सात केजी सुन र २५ करोडको ‘कनेक्सन’ खोज्दै प्रहरी मोरङको आगलागीमा परेको भनिएका बालक सकुशल भेटिए, एक बालिकाको मृत्यु प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पौने ३ लाख ठग्ने महिला पक्राउ इजरायलद्वारा गाजामा भीषण आक्रमण, झण्डै साढे तीन सय प्यालेस्टाइनी मारिए २५ करोड रकमसहित पक्राउ परेका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा भरियामात्र: प्रहरी एसईई सुरु नहुँदै तोकियो नतिजा निकाल्ने मिति मोरङमा आगलागीबाट एक बलिकाको मृत्यु, ८ घर जले* ट्रकबाट २५ करोड बरामद:  यसअघि पनि सात किलो सुन तस्करीमा जेल बसेर छुटेका पक्राउ परेका लामा  बसको ठक्करबाट मकवानपुरमा स्कुटर चालकको मृत्यु १२८ यात्रु लिएर छेन्दुबाट पोखरा आएको सिचुवान एयर १२६ यात्रु लिएर चीन फर्कियो इजरायलद्वारा गजामा आक्रमण, हमासले भन्यो– सयभन्दा बढी मानिस मारिए