2026-09-14 09:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा अज्ञात रोगका कारण पठनपाठनमा समस्या

जेठ २६, दार्चुला ।  दार्चुला महाकाली नगरपालिका–१ कोट कौतोलीस्थित अल्कापुरी माविका विद्यार्थी अज्ञात रोगका कारण दिनहुँ बेहोस हुन थाले पछि पठनपाठनमा समस्या भएको छ । 

विद्यालयका प्रधानाध्यापक दुर्गादत्त भट्टका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत् गर्ने छात्रा बेहोस हुने गरेका छन् । दैनिकजसो चारदेखि पाँच जना छात्रा बेहोस हुन थालेपछि विद्यालयको पठनपाठनमा समस्या आएको हो । 

ञछात्रा बेहोस हुने क्रम जारी रहेको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययन गर्न आउने छात्रा १५–२० दिन अघिदेखि बेहोस हुन थालेको विद्यालयले जनाएको छ । बेहोस भएको आधा एक घण्टापछि मात्रै होसमा आउने गरेको जनाइएको छ । 

नियमित पठनपाठन भइरहेको समयमा छात्रा एक्कासि बेहोस हुने, काप्ने, कपाल समात्ने, दौडिने, हाम फाल्न खोज्नेलगायतका क्रियाकलाप गर्ने गरेको प्रधानाध्यापक भट्टले जानकारी दिनुभयो । 

शिक्षा विकास तथा समन्वय एकाइलाई यसबारे जानकारी गराएको तथा डाक्टरसँग सरसल्लाह गरेर रोग पत्ता लगाउने जानकारी प्राप्त भएको प्रधानाध्यापक भट्टले बताउनुभयो । यता डाक्टरले उक्त रोगलाई मास हिष्टेरिया बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ