२०८३, २८ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विजनेश भवन सरकारी मापदण्डबमोजिम

२०७४, १५ माघ सोमबार ११:०८

माघ १५, काठमाडौँ | न्यूरोडस्थित भूगोलपार्कमा निर्माणाधीन महर्जन विजनेश एशोसिएट्सले सरकारकै मापदण्डमा सम्पदामैत्री भवन निर्माण भइरहेको बताइएको छ । 

एशोसिएट्सबाट मापदण्ड विपरीत निर्माण भइरहेको जनगुनासो बढेपछि कम्प्लेक्सका सञ्चालक कृष्णलाल महर्जनले शहरी विकास मन्त्रालय र महानगरपालिका, पुरातत्व विभागको स्वीकृति बमोजिम नै भवन बनाइएको बताउनुभयो । 

एशोसिएट्सले मापदण्ड विपरीत कार्य गरेको भन्दै स्थानीय र केहीले अवरोध गरिरहेका बेला कम्प्लेक्सका सञ्चालक महर्जनले मापदण्डअनुसार नै निर्माण गरेको दाबी गर्नुभएको हो । 

“हामीले २०७२ फागुनमा काठमाडौँ महानगरपालिका–२५ हालको २४ वडामा रहेको पुरानो होटल क्रिष्टल रहेको घरजग्गा खरिद गरी २०७३ असोजमा कामनपाबाट चार तल्लाको भवनको नक्शा पास गरी नयाँ सम्पदामैत्री भवन बनाउने प्रक्रिया शुरु गरेका हौँ” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो– “तर, केहीले विश्वसम्पदा सूचीको हनुमानढोका दरबार छेउमा मापदण्डविपरीत बनेको व्यावसायिक भवन भनी विभिन्न बाहनामा भवन निर्माणमा अवरोध गर्दै आएका छन् ।” 

महर्जनले पुरानो आठ तल्लाको अग्लो होटल क्रिस्टल भत्काएर आफूहरुले चार तले व्यापारिक एशोसिएट्स भवन निर्माण गरेको पनि जानकारी गराउनुभयो । 

रु दुई अर्बमा निर्माणाधीन विजनेश भवनमा ६० वटा पसलसहित एक हजार बढीलाई रोजगारी दिने योजना छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय