2026-09-18 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा प्रहरीले गर्यो अफिम नष्ट

गणेश सिर्पाली/चैत्र–२९, रुकुम । जिल्ला प्रहरी कार्यालय रुकुमले ४ विगाह क्षत्रफलमा लगाईएको अवैध लागु औषध अफिम खेती नष्ट गरेको छ ।

जिल्लाको आठविसकोटमा गाविसमा लगाईएको अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा आएको जानकारीका आधारमा आठविसकोट ८ र ९ मा गरी करिब ४ विगाह क्षेत्रफलमा लगाईएको अफिम फडानी गरिएको हो ।

बिशेष सुराकीको आधारमा मिति यहि चैत्र १२ र २७ गते प्रहरी निरिक्षक जिवन निरौलाको कमाण्डमा खटिएको १३ जना प्रहरीको टोलीले अफिम फडानी गरेको हो । अफिम खेती गर्नेहरुको नाम भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

जिल्लालाई लागू औषध उत्पादन, ओसार पसार तथा सेवन मुक्त जिल्ला बनाउने भन्दै प्रहरीले गत वर्षपनि अफिम खेती नष्टको अभियान संचालन गरेको थियो ।

जिल्लाका अरु ठाउँमा पनि अफिम लगाईएको हुन सक्ने भन्दै पहिचान गर्ने तथा नष्ट गर्ने अभियान जारी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया