२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवौं कोरियाली भाषा परीक्षा आगामी जेठ २६ र २७ गते हुने

२०७४, २४ फाल्गुन बिहीबार ०७:०१

फागुण २४,काठमाडौं। रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिणको लागि नवौं भाषा परीक्षा आगामी जेठ २६ र २७ गते हुने भएको छ । 

इपीएस कार्यालय ग्वार्कोले आज एक सूचना जारी गर्दै परीक्षाको मिति जानकारी गराएको हो ।

कार्यालयका अनुसार अनुमानित उत्तीर्ण संख्या सात हजार एक सय रहेको छ । परीक्षार्थी मध्यबाट  उत्पादनमुलक क्षेत्रतर्फ चार हजार ८०० र कृषि तथा पशुपालनतर्फ दुइ हजार ३०० कामदार छनोट हुने कार्यालयले जनाएको छ ।

भाषा परीक्षाका लागि एक व्यक्तिले एक क्षेत्रमा मात्रै आवेदन दिनुपर्नेछ । आवेदनका लागि १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको व्यक्ति योग्य हुने कार्यालयले जनाएको छ ।

जेठको अन्तिम साता हुने परिक्षाका लागि इच्छुक आवेदकले चैत्र ८ देखि १७ गते सम्म आवेदन दिन सक्नेछन् । दश दिनको लागि छुट्याइएको समायावधिमा युवाहरुले इन्टरनेट मार्फत आवेदन भर्नुपर्नेछ । आवेदनका दिनका लागि इपिएस कार्यालयले eoers.epsnepal.gov.np  साइट सञ्चालनमा ल्याउने जनाएको छ ।

परिक्षाका लागि २४ डलर शुल्क लाग्ने वताइएको छ । भाषा परिक्षा काठमाडौं र पोखरामा सञ्चालन हुने कार्यालयले जनाएको छ । परिक्षा स्थल जेठ १८ मा जानकारी गराइने वताइएको छ । भाषा परिक्षाको नतिजा आषाढ १६ मा प्रकाशित हुनेछ । वस्तुगत प्रश्नहरुको लागि कुल पुर्णाङक २०० रहेको छ भने पढाई र सुनाइका लागि २५÷२५ प्रश्न सोधिने छ । परिक्षाका लागि पढाईलाई ४० मिनेट र सुनाइलाई ३० मिनेट निर्धारण गरिएको छ ।

यस वर्षका दक्षिण कोरिया लागि १० हजार २०० परिक्षार्थी पास भएका थिए । जेठमा सञ्चालन हुने परिक्षाबाट उत्र्तिणहरुको कोरिया जाने प्रतिक्षा अवधि दुई वर्षको हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो