2026-09-04 11:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीका लागि कामदारले कसरी गर्ने म्यानपावर छनौट ?

असोज १४, काठमाडौँ । नेपाली युवाहरूको वैदेशिक रोजगारी रहर नभई बाध्यता बनेको छ । नेपालमा पर्याप्त रोजगारीको अवसर नपाएर युवाहरू श्रमको लागि विदेश पलायन भई रहेका छन् । 

वैदेशिक रोजगारीमा जाने युवाहरूलाई विदेश जानु अघि धेरै कुराको जानकारी नहुँदा पीडित बन्नुपरेको अवस्था छ । वैदेशिक रोजगारीमा जानको लागि तयारी गरेर विभिन्न म्यानपावर कम्पनीमा आफै पुगेर अन्तर्वार्ता दिएर आफू जाने कम्पनीबारे राम्ररी बुझेर वैदेशिक रोजगारीमा जाने युवाहरूलाई वैदेशिक रोजगारी अवसर पनि बनेको छ तर बुझ्दै नबुझी म्यानपावर तथा एजेन्ट प्रलोभनमा परि वैदेशिक रोजगारीमा जाने युवाहरूलाई वैदेशिक रोजगार समस्या पनि बनेको छ । एजेन्टको भरोसामा वैदेशिक रोजगारीमा जाँदा नेपालमा भने जति तलब र सेवा सुविधा नहुने, राम्रो कम्पनी नपर्ने, एउटा काम भनेर अर्कैमा गर्नुपर्ने जस्ता समस्याहरू आई लाग्छन् । 

वैदेशिक रोजगारीमा युवाहरू पीडित बन्ने मूलतः केही कारणहरू छन् । अधिकांश युवाहरू वैदेशिक रोजगारीको क्रममा राम्रो म्यानपावर कम्पनी र डिमान्ड बारे सत्य/तथ्य नै नबुझी वैदेशिक रोजगारीमा हाम फाल्दा समस्यामा पर्ने गरेका छन् । विशेष गरी विभिन्न एजेन्टहरुको प्रलोभनमा परेर वैदेशिक रोजगारीमा जानु अघि हुनुपर्ने सजगता नअपनाउँदा कयौँ युवाहरू विदेशमा रोजगारीको क्रममा पीडित बन्ने गरेका छन् । 

हामीले आज वैदेशिक रोजगारको तयारीमा रहेका युवाहरूलाई विदेश जानु अघिको महत्त्वपूर्ण पुर्वतयारी र वैदेशिक रोजगारीको डिमान्ड/म्यानपावर छनोटका केही बुँदागत चरण र ध्यानाकर्षण हुनुपर्ने कुराहरूबारे जानकारी दिएका छौँ, जुन निम्न छन् । 

१. वैदेशिक रोजगारीमा जान आफ्नो जहान तथा घर परिवारसँग सल्लाह, परामर्श गरी सहमति लिनुहोस्, पासपोर्ट बनाउनुहोस् ।

२. केही सीप सिक्नुहोस्, आफूले गर्न सक्ने र जान्ने काममा मात्र वैदेशिक रोजगारीमा जाने तयारी गर्नुहोस् । 

३. आफ्नो सिप वा जानेको कामको आधारमा इजाजत पत्र प्राप्त म्यानपावर कम्पनीमा आउने डिमाण्डहरु हेर्नुहोस् । डिमाण्डहरु हेर्न सिधै म्यानपावर जानुहोस् वा पत्रपत्रिका वा अनलाइनमा आएका डिमाण्डहरु हेर्नुहोस् । अनलाइनमा डिमान्ड हेर्न चाहनुहुन्छ भने sajhajobs.com वा आफ्नो मोबाइलको प्ले स्टोरमा गई ‘Baideshik Rojgar’ खोजेर एप डाउनलोड गर्नुहोस् । जसमा इन्टरनेट सुविधा भएको संसारको जुन कुनै कुनाबाट देश अनुसार/म्यानपावर अनुसार र आफ्नो स्किलको आधारमा डिमाण्डबारे जानकारी लिन सकिन्छ । 

४. डिमान्ड सत्य छ कि छैन, विज्ञापनमा दिए अनुसार तलब/सेवा-सुविधा छ कि छैन । कम्पनी सही हो हैन ? कति जनाको लागि कुन-कुन पदमा माग आएको छ भन्ने डिमाण्डमा दिईएको हुन्छ, यदि तपाईँलाई प्राप्त डिमाण्डप्रति शंका लाग्छ भने हरेक वैदेशिक रोजगारको डिमाण्डमा LOT नम्बर (सरकारबाट पुर्व स्वीकृति लिएपछि प्राप्त हुने नम्बर) हुन्छ, त्यो नम्बरलाई ‘Baideshik Rojgar’ एपमा गएर वा नेपाल सरकार वैदेशिक रोजगार विभागको वेबसाइटमा गएर सत्य/तथ्य चेक गर्न सकिन्छ । म्यानपावर कम्पनी आफैँले रोजगारी ल्याएको हो कि अरू कुनै कम्पनीसँग मिलेर काम गरिरहेको छ भन्ने बारे पनि सोही Lot नम्बर हेरेर थाहा पाइन्छ । त्यसमा कम्पनीले मागेका पद, तलब, माग भएको सङ्ख्या लगायत जानकारी प्राप्त हुन्छ ।

५. डिमान्ड चेक गरेपछि कमाउने आफूले तलब र आफूलाई आम्दानी हुने/नहुने बारेमा तुलना गर्नुहोस् र आफूलाई लाभ हुने काममा मात्र आवेदन दिनुहोस् । साथै आफू जान लागेको कम्पनी र देशको बारेमा पूर्ण जानकारी लिनुहोस् । वा विदेशमा रहेका साथी भाइसँग उक्त कम्पनीबारे जानकारी लिन सकिन्छ । त्यसो त कतिपय विदेशी कम्पनीकोबारे गुगलबाटै पनि जानकारी लिन सकिन्छ । 

६. छनोटमा परेको डिमाण्डबारे म्यानपावरसँग फोन मार्फत वा सिधै म्यानपावर कम्पनीमै पुगेर थप जानकारी लिनुहोस् । म्यानपावरमा आवेदन दिँदा एजेन्ट मार्फत नभई सिधै म्यानपावरमा आफै गएर दिनुहोस् । सिधा म्यानपावरबाट विदेश जाँदा लागत खर्च  केही कम लाग्छ । 

७. कुनै पनि एजेन्टले अन्तर्वार्ता पास गराइदिन्छु भनेर मोटो रकम असुल्न सक्छन्, रोजगारदाताले कामदारकोको खुबी जाँच्ने हो, त्यसैले सिधै म्यानपावर कम्पनीसँग आफैँले सम्पर्क गर्नुपर्छ र डिमाण्डबारे जानकारी लिनुपर्छ । सरकारले एजेन्टको व्यवस्था खारेज गरिसकेकोले तपाइँ एजेन्टको विश्वासमा वैदेशिक रोजगारमा जाँदा पछि पीडित बन्नुभयो भने समस्या पर्न सक्छ । 

८. माथिको चरण पार गर्दै अब तपाइँ म्यानपावरमा हुनुहुन्छ र म्यानपावरले मागेको कागजात सहित आवश्यक प्रि-अन्तर्वार्ता दिनुहोस्, आवश्यक भए फाइनल अन्तर्वार्ता दिनुहोस्, प्राय फाइनल अन्तर्वार्तामा सम्बन्धित कम्पनीकै प्रतिनिधि आएका हुन्छन्, उनीहरूलाई कम्पनीको बारे आफूलाईलाई लागेको कुरा थप सोध्न सक्नुहुन्छ र तपाइँ छनोट परेपछि म्यानपावरको सल्लाह अनुसार थप काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ