जेठ–१५, काठमाडौँ । काठमाण्डौंबाट सञ्चालित साझा सबाल मिडिया ग्रुपले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा गुल्मीका सम्वादाता पत्रकार प्रेम सुनारलाई वर्ष पत्रकार पुरस्कारले सम्मान गरेको छ ।

सामाजका विभिन्न गतिविधी चिरफार र खोजमुलक समाचार संप्रेषणमा गहिरो दखल राख्ने भन्दै साझा सबालका प्रधान सम्पादक अनिल अधिकारीले सुनारलाई वर्ष पत्रकार पुरस्कारले सम्मान गर्ने घोषणा गरिएको बताए ।

काठमाण्डौंमा एक समारोहका विच पत्रकार सुनारलाई उक्त सम्मानको घोषणा गरिएको हो । साझा सबालले वार्षिकोत्सवका अवसरमा वेदेशिक रोजगारमा जानेहरुलाई सुचनाको सहज पहुँचका लागि 'बैदेशिक रोजगार' नामक एप समेत सार्वजानिक गरेको छ । उक्त एप तीन दिनमा ३ हजार ५ सय भन्दा बढीले डाउनलोड गरीसकेको साझा सबालले जनाएको छ ।