२०८३, ३१ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्याटरिङ व्यवसायी महासंघ अध्यक्षमा जिसी

२०७५, ३१ जेष्ठ बिहीबार ०७:३१

जेठ ३१, काठमाडौँ  | नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको पहिलो महाधिवेशनले लीला जिसीको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । 

सोही महाधिवेशनले उपाध्यक्षमा तेविन्द्ररत्न शाक्य, हरिप्रसाद न्यौपाने, कृष्णप्रसाद पाण्डे, नानीबाबु थापा, कृष्ण उपाध्याय, गोकुल देसार, राजेन्द्रकुमार श्रेष्ठ र लक्ष्मण पोखरेललाई निर्वाचित गरेको छ । 

महासचिवमा उत्तमप्रकाश शर्मा, कोषाध्यक्षमा पृथ्वीभक्त प्रजापति, सचिवमा बलराम पौड्याल र सहकोषाध्यक्षमा मुकुन्दहरि गौतमलाई जिम्मेवारी दिइएको छ । देशका सबै प्रदेश तथा भूगोललाई समेटेर १५ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरिएको महासंघका कार्यालय प्रतिनिधि पवित्रा सत्यालले जानकारी दिनुभयो । 

नवनिर्वाचित अध्यक्ष जिसीले उपभोक्तालाई सर्वसुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउन उक्त व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन भूमिका निर्वाह गर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु